युइएफए नेसन्स लिगको पहिलो खेलमा पोल्यान्डले वेल्समाथि पूनरागमन जित निकालेको छ । गएराति भएको खेलमापोल्यान्डले वेल्सलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
पोल्यान्डलाई जित दिलाउनको लागि जाकुव कामिन्स्की र कारोल स्वीडर्सकीले समान एक–एक गोल गरे । वेल्सका जोनाथन विलियम्सले एक गोल गरे ।
५२औं मिनेटमा जोनाथन विलियम्सको गोलमा वेल्सले अग्रता लिएको थियो । तर, त्यो अग्रतालाई वेल्सले जोगाउन सकेन । ७२औं मिनेटमा जाकुव कामिन्स्कीले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ८५औं मिनेटमा कारोल स्वीडर्सकीले गोल गर्दै पोल्यान्डको पूनरागमन जित पक्का गरे ।
जितसँगै पोल्यान्डले युइएफए नेसन्स लिग ए ग्रुप ४ मा एक खेलबाट ३ अंक जोडेको छ । वेल्स अंकविहीन छ ।