नवौ बिश्व स्ट्रेन्थ लिफ्टिङ प्रतियोगितामा नेपाललाई १ स्वर्ण र ३ रजत - Intra Khabar
मङ्लबार, मंसिर १९, २०८०

नवौ बिश्व स्ट्रेन्थ लिफ्टिङ प्रतियोगितामा नेपाललाई १ स्वर्ण र ३ रजत


कुल १३ देशको सहभागिता रहेको हिजो किर्गिस्तानमा आयोजना भएको नवौ विश्व स्ट्रेन्थ लिफ्टिङ प्रतियोगितामा १०५ के.जि. भन्दा माथी को आई.बी.पी.सिनियर तौल समुहमा जीवन गिरी रज्त,७६ के.जी. आई.बी.पी. मस्टर २ तौल समुहमा केदारमान स्थापीत रजत र महिला तर्फ ७२ के.जी. भन्दा माथिको आई.बी.पी. तौल समुहमा दीपा बिष्ट स्वर्ण तथा सोही तौल समुहमा स्ट्रेन्थ लिफ्टिङ तर्फ पनि दीपा बिष्टले रजत पदक हासिल गरेका छन् । यसरी ३ खेलाडीले नेपालको लागि कुलमा ४ पदक दिलाएका छन् । अघिल्लो बर्षबाट नेपालमा भित्रिएको यो खेलले नेपालमा छोटो समयमा राम्रो लोकप्रियता हासिल गरेको छ । दुई महिना अघि यो खेलको राष्ट्रिय प्रतियोगिता पनि सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *