भारतमा डा. पूनम कर्णलाई महादेवी वर्मा स्मृति पुरस्कार - Intra Khabar
मङ्लबार, मंसिर १९, २०८०

भारतमा डा. पूनम कर्णलाई महादेवी वर्मा स्मृति पुरस्कार


दिल्ली । महादेवी वर्मा स्मृति पुरस्कार डा. पूनम कर्णसहित नेपालका चारजना सेलिब्रेटीले पाएका छन् ।

जिकेसी नेपालकी अध्यक्ष डा. पूनम कर्णसहित नेपालका चार जना व्यक्तित्वहरुले भारतको नयाँ दिल्लीस्थित ग्लोबल कायस्थ सम्मेलनले आयोजना गरेको महादेवी वर्मा स्मृति सम्मान पुरस्कार प्राप्त गरेका हुन ।
नयाँ दिल्लीमा भएको ग्लोबल कायस्थ सम्मेलन (जिकेसी)ले महादेवी वर्मा स्मृति सम्मान–२०२३ बाट ३५ जना अन्य देशका प्रतिष्ठित व्यक्तित्वलाई समेत सम्मान गरेको थियो ।
भारत सरकारका पूर्व केन्द्रीय मन्त्री तथा सांसद शत्रुघन सिन्हाको प्रमुख आतिथ्यतमा आयोजित उक्त सम्मेलनमा उनले महादेवी वर्माको व्यक्तित्व र कार्यको चर्चा गर्दै कायस्थ समुदायले हरेक क्षेत्रमा अगुवाई गर्दै आएको तर आज यो समुदाय एकीकरण हुन नसक्दा धेरै घाटा बेहोर्नुपरेको बताए । आज कायस्थ राष्ट्रिय स्तरमा एकजुट हुनु आजको आवश्यकता भएको उनले भने ।
जीकेसीका विश्व अध्यक्ष राजीव रञ्जन प्रसादले कायस्थ समुदायको उत्थान हाम्रो पहिलो प्राथमिकता रहेको बताए । महादेवी वर्मा स्मृति सम्मान कायस्थ समाजका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएका व्यक्तित्वलाई प्रदान गरिएको बताए ।
जीकेसी देश तथा विदेशमा बसोबास गर्ने कायस्थ समाजको मञ्च हो, जसले दुई वर्षभन्दा बढी समयदेखि समाजको हितमा काम गर्दै आएको श्री प्रसादले बताए । जीकेसी अन्तर्गत कायस्थ समुदायको हितमा काम गर्ने सयौं संस्था मिलेर काम गरिरहेको उनले बताए । यी सबै संघसंस्थाको सहकार्यमा जिकेसी कायस्थ समाजको शैक्षिक, आर्थिक, सांस्कृतिक विकासका साथै उत्थानका लागि प्रयासरत छ ।

यस अवसरमा नेपालका संस्थाका नेपाल च्याप्टरकी अध्यक्ष डा. पुनम कर्णले नेपालमा पनि कायस्थ परिवार एकजुट हुनु आजको आवश्यकता भएको बताइन् । नेपाल र सारा विश्वका कायस्थहरूलाई एकताबद्ध गर्न जिकेसी भन्दा ठूलो संस्था अरू कुनै छैन, कायस्थ परिवारको उत्थानका लागि सबै कायस्थहरूले हात मिलाउनुपर्छ । एकअर्कासँग हात मिलाउनुपर्छ, काँधमा काँध मिलाएर अघि बढ्नुपर्छ, एक अर्काको शक्ति बन्नु पर्छ,अगाडि बढौं अध्यक्ष कर्णले बताईन ।

राजधानी दिल्लीको मल्टिपर्स हलस्थित इन्डिया इन्टरनेशनल सेन्टर ‘कमला देवी कम्प्लेक्स’मा आयोजित अभिनन्दन समारोहमा डा. प्रियरञ्जन त्रिवेदी, कमलनारायण दास र शेफालिका वर्मालाई लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो । जहाँ ज्ञानेन्द्र रावत, डा राकेश भटनागर, ई पुष्पांजली वर्मा, डा. पूनम कर्ण, डा. मीरा श्रीवास्तव, डा. अमिताभ श्रीवास्तव, डा. शैलेन्द्र के. सक्सेना, डा. निरुपमा श्रीवास्तव, डा. मञ्जु सक्सेना, अभय वर्मा, मधुबाला श्रीवास्तव, कौशलेन्द्र कुमार दास, शीला गौर, जुबिन सिन्हा, आनन्द सिन्हा, अनिल कुमार दास, दिवाकर वर्मा, सोमिका श्रीवास्तव, अशोक श्रीवास्तव, इनोसेन्ट कुमार, डा. ,रुचिता सिन्हा, अकु श्रीवास्तव, पंकज कर्ण, गिरीश माथुर, अनुप अस्थाना, सुष्मा श्रीवास्तव, सञ्जय राईजादा, डा. महिप भटनागर, मनिष बादल, केबी अस्थाना र रीमा सिन्हालाई महादेवी वर्मा लगायतलाई सम्मान प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *