गायक नर बहादुर देउवाको लोक झ्याउरे गीत ‘हितैको माया'(भिडियो) - Intra Khabar
मङ्लबार, मंसिर १९, २०८०

गायक नर बहादुर देउवाको लोक झ्याउरे गीत ‘हितैको माया'(भिडियो)


काठमाडौं । गायक नर बहादुर देउवाको नेपाली लोक झ्याउरे गीत हितैको माया सार्वजनिक भएको छ । तिहारको समयमा देउसी भैलो खैल्दा नाचगान गरि रमाउने चलन छ तर अहिले मौलिकता बोकेका गितहरु हराउदै गएकोले तिहार पर्व लाई लक्षित गरि गित बजारमा ल्याएको देउवा बताउछन् । पञ्चपुरी कला केन्द्र संगको सहकार्यमा निमार्ण गरिएको उत्त गित को निर्देशन कला केन्द्रकै कोषाध्यक्ष किरण बि.सी. ले गरेको हुन् । गितको शब्द अनुसार नै तडक भडक भन्दा पनी मौलिकपन झल्किने गरि भिडियोको छायांकन गरिएको निर्देशक बि.सी. ले बताएका छन् ।

गित पञ्चपुरी कलाकेन्द्र यूटुब च्यानलबाट सार्वजिनक भएको हो । गितमा अभिनय चर्चित नृत्य निर्देशक चन्द्र मन्दिर र मोडल तथा नायिका लक्ष्मी गिरी को रहेको छ । कलाकार नर बहादुर देउवाले नेपाली लोक झ्याउरे गीतको इतिहासमा गीत मार्फत नया पन दिन खोजेको बताएका छन् । पछिल्लो युवा पुस्ताले आफ्नो कला र संगित लाई भुल्दै गएको अवस्थामा ठेट नेपाली बाजाहरुको प्रयोगमा गित तयार गरियको छ ।

गितको भिडियो सुर्खेतको पञ्चपुरी नगरपालिका ५ बाबियाचौरमा छायांकन गरिएको नर बहादुर देउवा र भानु रिजालको शब्दमा सार्बजनिक भएको गीतमा स्वयम नर बहादुर देउवा र सुनिता बुढाक्षेत्रीले स्वर भरेका छन सङ्गित कबिराज गिरि ले गरेका हुन । गितको पोस्ट प्रोडक्सन् को काम श्रीनाथ फिल्मस् प्रा.ली ले गरेको हो । गितमा नृत्य निर्देशन चन्द्र मन्दिरको रहेको छ भने छायांकन अर्जुन सापकोटाले गरेका हुन् । भिडियो सम्पादन निर्मल प्याकुरेलले गरेका छ्न । गीतले समग्र नयाँ युवापिडीहरुलाई भरपुर मनोरञ्जन पुग्ने गायक नर ब देउवा बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *