नेपाल लोकतान्त्रिक शैक्षिक परामर्श संघको आयोजनामा रक्तदान कार्यक्रम - Intra Khabar
मङ्लबार, मंसिर १९, २०८०

नेपाल लोकतान्त्रिक शैक्षिक परामर्श संघको आयोजनामा रक्तदान कार्यक्रम


नेपाल लोकतान्त्रिक शैक्षिक परामर्श संघले रक्तदान कार्यक्रम आयोजना गरेको छ । शुक्रबार काठमाडौंको बागबजारस्थित टुकुचा पार्कमा रक्तदान कार्यक्रम संचालन गरिएको हो । स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतको प्रमुख आतिथ्यतामा सो रक्तदान कार्यक्रम गरिएको थियो ।
नेपालको पश्चिम क्षेत्र विशेषत रुकुम , जाजरकोट लगायत जिल्लामा गएको भूकम्पमा परि घाइतेहरुको उपचारमा रगत अभाव नहोस् भन्ने उद्देश्यले उक्त रक्तदानको आयोजना गरिएको संघका अध्यक्ष दिपक गुरुङले बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले संविधानमा लेखेर मात्र गाँस ,बास, कपास र स्वास्थ्यशिक्षाको आधारभूत नहुने भएकाले जनतालाई प्रत्याभूति दिलाउन सरकार तत्पर रहेको बताए ।

हरेक अस्पतालले प्रत्यक अस्पतालले १० प्रतिशत बेड निशुल्क गर्नुपर्ने समेत मन्त्री बस्नेतले जानकारी दिए । त्यस्तै रत्तदाताले दान गरेको रगतमा ब्याग लगायत लागत खर्च लाग्ने गरेकोमा त्यो खर्च पनि सरकारले निशुल्क गराउन लागेको उनले जानकारी दिए ।

कतै समस्या परेको समय सबै नेपालीले सहयोग गर्ने नेपालीहरुको परम्परालाई निरन्तरता दिदै नेपाल लोकतान्त्रिक शैक्षिक परामर्श सँघले रक्तदान कार्यक्रमको आयोजना गरेको जनाएको छ ।

लोकतान्त्रिक शैक्षिक परामर्श संघका अध्यक्ष दिपक गुरुङको सभापतित्वमा भएको कार्यक्रममा ७० जना रक्तदाताले रक्तदान गरेको संघका बिनोद कुमार सुवेदीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *