अपराध Archives - Intra Khabar
मङ्लबार, मंसिर १९, २०८०

अपराध

उच्च अदालतद्वारा अभिनेता पललाई थुनामै राख्न आदेश
अपराध, मनोरन्जन, वाग्मती प्रदेश, समाचार

उच्च अदालतद्वारा अभिनेता पललाई थुनामै राख्न आदेश

बलात्कारको आरोप लागेका नायक पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने तनहुँ र पुर्वी नवलपरासी जिल्ला अदालतको आदेशलाई उच्च अदालत पोखराले सदर गरेको छ । जिल्ला अदालतको आदेशविरुद्ध पलले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए । बिहीबार बहसपछि उच्च अदालतका न्यायाधीश उज्ज्वल शुक्ल र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले जिल्ला अदालतको आदेश सदर गरेको हो । शाहले साधारण तारेखमा रिहा गर्नका गरेको मागलाई अदालतले अस्वीकारगरेको छ । यससँगै कम्तिमा फैसलासम्म शाह थुनामै रहने भएका छन् ।...
वैदेशिक रोजगारीका नाममा एक महिनामै ५ करोड ठगी
अपराध, आर्थिक, समाचार

वैदेशिक रोजगारीका नाममा एक महिनामै ५ करोड ठगी

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न शून्य सहनशीलता नीति अपनाउने बताएका छन् । सचिव एकनारायण अर्याल सहित बिहीबार बुद्धनगरस्थित वैदेशिक रोजगार विभागको आकस्मिक अनुगमन गर्दै मन्त्री श्रेष्ठले ठगीमा परेका युवालाई समयमा न्याय दिने तथा विदेशमा अलपत्र श्रमिकको तत्काल उद्धार गर्ने संयन्त्र बनाइने बताए । ठगीमा परि उजुरी दिएका युवालाई छिटोछरितो सेवा दिन निर्देशन दिदै मन्त्री श्रेष्ठले समयमै न्याय दिन कानूनी समस्या भएपनि समाधान गरिने बताए । वैदेशिक रोजगारीमा गएर वास्तवमै अलपत्र परेको भए तत्काल उद्धार गरिने तर, विभिन्न वहानामा काम नगर्ने र उद्धारको लागि सरकारसँग हारगुहार गर्ने प्रवृति पनि देखिएको बताए । मन्त्री श्रेष्ठले विभागका कर्मचारीहरुलाई श्रमिकको पक्षमा काम गर्दा समस्या भए मन्त्रालयमा तत्काल जानकारी गराउन निर्देशन दिए । ...
बलात्कारको सजाय फाँसी वा नपुंसकताको इन्जेक्सन
अपराध, विचार, समाचार

बलात्कारको सजाय फाँसी वा नपुंसकताको इन्जेक्सन

-डा. डि आर उपाध्याय खनाल, काठमाडौं-  बलात्कारको ग्राफ दिन प्रति दिन उकालो लाग्दो छ । आधुनिक मानविय सभ्गतालाई यसले क्षतविक्षत पारिरहेको छ । प्रहरीका अनुसार ०५३/०५४ देखि २०७६/०७७ सम्म देशभर १४ हजार ६३८ महिला बलात्कृत भएका छन् । प्रत्येक वर्ष औषत २० प्रतिशतका दरले बलात्कारका घटना बढिरहेको छन् । २०७७ मंसिरमा महोत्तरी बर्दिबासकी ६ वर्षिया बालिकाको बलात्कार पछि हत्या जस्ता अनेकौं कालो धब्बा समय समयमा देखिने गरेका छन् । राजधानी काठकाण्डौको चाबहिल स्थित सेन्टलरेनसका शिक्षक यसै साता पक्राउ गरिए । उनीमाथि ११–१२ कक्षाकी छात्राहरुसँग यौन दुव्र्यवहार गर्ने गरेको आरोप कलेजका विद्यार्थीहरुले नै लगाएका छन् । राजधानीमै ८ वर्ष अघि सौन्दर्य प्रतियोगितामा सहभागी हँुदा आफुलाई बेहोस बनाएर बलात्कार गरेको र त्यसपछि ब्ल्याकमेल गरेर निरन्तर ५ महिना यौन शोषण गरेको भन्दै पिडित युवतीले भिडिया मार्फत हालै घटना...
३८ हजार भ्रष्टाचार गरेको आरोपमा महतोविरुद्ध मुद्दा दायर
अपराध, गण्डकी प्रदेश, समाचार

३८ हजार भ्रष्टाचार गरेको आरोपमा महतोविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, गण्डकी प्रदेश कार्यालय पोखराले बागलुङका प्रहरी नायव निरीक्षक रुपनारायण महतोविरुद्ध विशेष अदालतमा आर्थिक अनियमितताबारे मुद्दा दायर गरेको छ । विपद् व्यवस्थापन गुल्म बागलुङमा कार्यरत महतोविरुद्ध घुस लिएको आरोपमा भ्रष्टाचारको मुद्दा दायर गरिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महतो विरुद्ध रु ३८ हजार भ्रष्टाचार गरेको आरोपमा आज विशेष अदालतमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए। महतोले आफ्नो कार्यक्षेत्र र जिम्मेवारी तथा कार्यरत कार्यालयको कार्य प्रकृतिभन्दा बाहिर गई लेनदेनको मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग घुस लिएका थिए । उनलाई अख्तियारको टोलीले बागलुङ सदरमुकामबाट यही वैशाख ६ गते रङ्गेहात पक्राउ गरेको थियो । ...
दुई सातामा उपत्यकाका ६ स्थानमा आगलागी, अधिकांश कारण चुरोटको ठुटो
अपराध, समाचार, समाज

दुई सातामा उपत्यकाका ६ स्थानमा आगलागी, अधिकांश कारण चुरोटको ठुटो

काठमाडौं । गर्मीयाम शरू भएसँगै राजधानीमा आगलागीका घटना बढ्न थालेका छन्। यो महिनामा मात्र ६ स्थानमा आगलागी भएको छ। अधिकांश घटना चुरोटको ठुटोका कारण भएको छ। वैशाख १ देखि अहिलेसम्म ६ स्थानमा आगलागी भएको जानकारी दिँदै दमकल कार्यालय काठमाडौंका प्रमुख चन्दन श्रेष्ठले भने, ‘हिजो बुधबार हल्चोकको पश्चिमी जंगल र त्रिभुवन विश्वविद्यालयको गेट नजिक भाडीमा आगालागी भएको थियो। वैशाख २ गते नागार्जुन जंगलमा, ४ गते तार्केश्वर नगरपालिकास्थित शान्तिधाम नजिकैको जंगलमा, १३ गते म्हेपी मन्दिरको जंगल र चोभारको जंगलमा आगलागी भएको थियो।’ ​तीनदिन अघि शिवपुरीमा लागेको आगो बल्ल नियन्त्रणमा आएको छ। दमकलले मात्र सो आगलागी नियन्त्रण गर्न नसकेपछि सिमिक एयरको हेलिकोप्टर प्रयोग गरिएको थियो। सो आगलागीको मुस्लो र धूवाँका कारण उपत्यकाको मौसम धुम्म भएको छ। दमकल कार्यालय प्रमुख श्रेष्ठले कसैले जानेर त कसैले अन्जानमा आगो ल...
दाइजो नदिएको भन्दै निर्घात कुटपिट
अपराध, समाचार

दाइजो नदिएको भन्दै निर्घात कुटपिट

सप्तरी जिल्ला अदालतले घरेलु हिंसा मुद्दामा अन्तरिम संरक्षणात्मक आदेश दिएपछि घरमा बास पाएकी महिलामाथि निर्घात कुटपिट भएको छ। आफन्तबाटै कुटिएर गम्भीर घाइते भएकी जिल्लाको रूपनी गाउँपालिका-६ की ३० वर्षीया लक्ष्मीनियाँ कुमारी भगत उपचारका लागि अस्पताल भर्ना भएपछि घटना बाहिरिएको हो। उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकी लक्ष्मीनियाँको घाँटी, ढाड, पाखुरा, टाउकोलगायतका शरीरका विभिन्न भागमा चोट लागेको छ। ‘आइतबार राति साढे ७ बजेतिरको घटना हो, तलाईं मारिदिन्छु भन्दै ससुरा शिवदयाल भगत, पति सञ्जीवकुमार भगत, सासू सीता देवी, जेठानी अञ्जु, नन्द रुजु, गाउँकै नाता पर्ने विणाले अन्धाधुन्ध कुटपिट गरेपछि म अचेत भएँ,’ उनले भनिन्न।...
घूससहित प्रहरी नायब निरीक्षक पक्राउ
अपराध, समाचार

घूससहित प्रहरी नायब निरीक्षक पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले एक जना घूससहित प्रहरी नायव निरीक्षकलाई पक्राउ परेको छ । विपद् व्यवस्थापन गुल्म बागलुङमा कार्यरत प्रहरी नायब निरीक्षक रुपनारायण महतोलाई अख्तियारको पोखराबाट खटिएको टोलीले मंगलबार ३८ हजार घूससहित पक्राउ गरेको हो। म्याग्दी बस्ने धर्म कुमारी क्षेत्रीसँग पाँचथर स्थायी घर भई हाल बागलुङमा मेकानिक्सको रुपमा काम गर्दै आएका रमेश लिम्बुसँगको लेनदेनको विषयमा महतोले घूस मागेका थिए । महतोले सेवाग्राही लिम्बुसँग ३८ हजार घूस लिइरहेको अवस्थामा गुल्म नजिकैको क्षेत्रबाट पक्राउ गरेको अख्तियारले जनाएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ । ...