खेलकुद Archives - Intra Khabar
मङ्लबार, मंसिर १९, २०८०

खेलकुद

एशियन गेम्समा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई एआईजी भण्डारीद्वारा स्वागत
खेलकुद, समाचार

एशियन गेम्समा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई एआईजी भण्डारीद्वारा स्वागत

काठमाडौं । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवं नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारी लगायत सिनियर प्रहरी अधिकृतहरुले सन् २०२३ सेप्टेम्बर २३ देखि अक्टोबर ८ तारिखसम्म मित्र राष्ट्र चीनमा सम्पन्न भएको १९ औं एशियन गेम्स अन्तर्गत कराते, कबड्डी, भारोत्तोलन तथा भलिबल खेलमा उत्कृष्ट खेल प्रदर्शन गरी स्वदेश फिर्ता हुनुभएका खेलाडी तथा अफिसियलहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नु भयो । उक्त प्रतियोगितामा नेपालले प्राप्त गरेको १ रजत र १ काँस्य गरि कुल २ पदक मध्ये कराते खेल अन्तर्गत नेपाल पुलिस क्लबमा आवद्ध कराते खेलाडी एरिका गुरुङले नेपालको कराते खेल ईतिहासमै पहिलो पटक एशियन गेम्सको फाईनलमा प्रवेश गर्न सफल भई नेपाललाई रजत पदक दिलाउनु भएको थियो भने आफ्नो डेब्यू खेलमा नै कास्य पदक जित्न सफल नेपाली कबड्डी टिममा न...
फुर्लिमा फाउन्डेसनद्वारा खेलकुद सामाग्री बितरण
खेलकुद, समाचार

फुर्लिमा फाउन्डेसनद्वारा खेलकुद सामाग्री बितरण

काठमाडौं । फुर्लिमा फाउन्डेसनले आफनो बार्षिक उत्सव मनाउने क्रम मा सिन्धुपाल्चोक जिल्ला, जुगल गाउँपालिका ६, याङ्गलाकोट स्थित श्री जलदेवी माध्यमिक विद्यालयलाइ खेलकुद सामाग्री बितरण गरेको छ । आफ्नो दिबंगत आमा प्रति श्रध्दाञ्जलि स्वरूप स्थापित यो संस्था ले बाल बालिकाहरु को सर्वाङ्गीण विकास, नेतृत्व क्षमता विकास एवमं समाज योग्य चरित्रवान तथा नैतिकवान युवा तय गर्ने कुरा फुर्लिमा फाउन्डेसनका अध्यक्ष मिङ्मा शेर्पा बताउनु हुन्छ । यो कार्यक्रम स्थानिय लाई प्रोत्साहन गर्न तथा उनिहरु को क्षमता विकास मा सहयोग पुराउने लक्षयका साथ सम्पन भएको स्थानिय व्यक्तिहरु बताउँछन् । खेलकद सामग्रि बितरण कार्यक्रम मा श्री जलदेवी मा बिका प्रधानाध्यापक तथा कार्यक्रम का सभापति श्री धन राज तामाङ ले खेलकु सामग्रि बिद्यार्थी मा नया उर्जा थपिने तथ बाल बालिकाहरुको खेल प्रति दक्ष्यता बृद्धि हुने कुरा राख्नु भयो। कार्यक्र...
कमल ढकाल बागमती प्रदेश मोडर्न पेन्टाथलोन संघको अध्यक्षमा चयन
खेलकुद, समाचार

कमल ढकाल बागमती प्रदेश मोडर्न पेन्टाथलोन संघको अध्यक्षमा चयन

कमलप्रसाद ढकालको अध्यक्षतामा बागमती प्रदेश मोडर्न पेन्टाथलोन संघ गठन गरिएको छ । प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्य–सचिव सूर्यलाल भण्डारीको प्रमुख आतिथ्यता, नेपाल पेन्टाथलोन संघका अध्यक्ष राजेन्द्र श्रेष्ठको समापतित्वमा काठमाडौंमा उपस्थित खेलकर्मीको भेलाले ढकालको अध्यक्षतामा बागमती प्रदेश मोडर्न पेन्टाथलोन संघ गठन गरेको हो । संघको उपाध्यक्षमा दिलकुमारी नेपाल, मिलन खड्कार र रवी किरण खड्का चयन भएका छन् । यस्तै सचिवमा कृष्णप्रसाद लामिछाने र कोषाध्यक्षमा ध्रुव पोखरेल चयन भएको प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशले जानकारी दिएको छ । त्यस्तै संघको सदस्यहरुमा भिकटर राणा, मनिष अर्याल, विकास खेतान, डिल्लीराम श्रेष्ठ, शुष्मा थापा, तीर्थराज गौतम र प्रेमकुमार अर्याल चयन भएका छन् । मोडर्न पेन्टाथलन एउटा ओलम्पिक खेल हो, जसमा फेन्सिङ, फ्रिस्टाइल पौडी, इक्वेस्ट्रियन शो जम्पिङ, प...
नवौ बिश्व स्ट्रेन्थ लिफ्टिङ प्रतियोगितामा नेपाललाई १ स्वर्ण र ३ रजत
खेलकुद, समाचार

नवौ बिश्व स्ट्रेन्थ लिफ्टिङ प्रतियोगितामा नेपाललाई १ स्वर्ण र ३ रजत

कुल १३ देशको सहभागिता रहेको हिजो किर्गिस्तानमा आयोजना भएको नवौ विश्व स्ट्रेन्थ लिफ्टिङ प्रतियोगितामा १०५ के.जि. भन्दा माथी को आई.बी.पी.सिनियर तौल समुहमा जीवन गिरी रज्त,७६ के.जी. आई.बी.पी. मस्टर २ तौल समुहमा केदारमान स्थापीत रजत र महिला तर्फ ७२ के.जी. भन्दा माथिको आई.बी.पी. तौल समुहमा दीपा बिष्ट स्वर्ण तथा सोही तौल समुहमा स्ट्रेन्थ लिफ्टिङ तर्फ पनि दीपा बिष्टले रजत पदक हासिल गरेका छन् । यसरी ३ खेलाडीले नेपालको लागि कुलमा ४ पदक दिलाएका छन् । अघिल्लो बर्षबाट नेपालमा भित्रिएको यो खेलले नेपालमा छोटो समयमा राम्रो लोकप्रियता हासिल गरेको छ । दुई महिना अघि यो खेलको राष्ट्रिय प्रतियोगिता पनि सम्पन्न भएको थियो ।...
एनएफपिजे फुट्सल प्रतियोगिताको उपाधी हाम्रो फुटसल पत्रकार टिमलाई
खेलकुद, समाचार

एनएफपिजे फुट्सल प्रतियोगिताको उपाधी हाम्रो फुटसल पत्रकार टिमलाई

काठमाडौं । एनएफपीजे फुट्सल प्रतियोगिताको उपाधी हाम्रो फुटसल पत्रकार टिमले जितेको छ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) को २५ औं बार्षिक उपलक्ष्यमा आयोजना गरिएको फुट्सल प्रतियोगितको उपाधी हाम्रो फुट्सल पत्रकार टिमले जितेको हो । स्वस्तीश्री गुरुकुल विद्यालयको खेलमैदानमा भएको खेलमा १२ वटा टिम सहभागी भएका थिए । नकआउट चरणमा खेलाइएको खेलको पहिला चरणमा गोलाप्रथाबाट १२ टीम विच प्रतिस्प्रधा भएको थियो । उक्त कार्यक्रममा वरिष्ठपत्रकार ऋषि धमलाको टिम , सिलापत्र, गोरखापत्र,रासस,हाम्रो जन्मभूमि,नियात्रा टिभि रेडियो पर्यावरण ,फोटोपत्रकार सघ धादिङ लगायत हाम्रो फूटसल टिम , गुरुङ पत्रकार सघ लगायतका टिमहरु सहाभागीता रहेको थियो । त्यसै गरि दोस्रो चरणमा जितेर आएको ६ वटा टीम खेलेका थिए । सेमी फाइलनमा धादिङ फोटोपत्रकार समूह टीम र एटजोन गुरुङ पत्रकार टिम विच खेल भएको थियो भने हाम्रो फुटसल पत्रकार टिमले वा...
ओलम्पिक दिवस : स्वस्तिश्री गुरुकुलमा शुरु भयो १० दिने खेलकुद कार्यक्रम
खेलकुद, समाचार

ओलम्पिक दिवस : स्वस्तिश्री गुरुकुलमा शुरु भयो १० दिने खेलकुद कार्यक्रम

काठमाडौँ,३० जेठ । काठमाडौँको सानो भर्याङस्थित स्वस्तिश्री गुरुकुल आइ.वि.वल्र्ड स्कुलले अन्तर्राष्ट्रिय ओलम्पिक दिवसको अबसरमा १० दिने विविध खेलकुद कार्यक्रम शुरु गरेको छ । उक्त कार्यक्रमको आज एक समारोहका बीच नेपाल ओलम्पिक कमिटीअन्तरगत (स्पोट्र्स फर अल कमिसन) का संयोजक विष्णुगोपाल श्रेष्ठले उद्घाटन गर्नुभएको थियो । उक्त समारोहमा उहाँले ओलम्पिकको स्थापना र यसको महत्वका बारेज प्रकाश पार्दै नेपालको खेलकुद क्षेत्र र खेलाडीको समेत भविश्य राम्रो रहेको बताउनुभयो । संयोजक श्रेष्ठले विद्यालयका बालकालिकालाई खेलकुदमा भाग लिएर फाइदा उठाउन सुझाव पनि दिनुभयो । ओलम्पिक दिवसको बारेमा जानकारी गराउँदै श्रेष्ठले स्वास्थ्यका लागि खेल र राष्ट्रका लागि खेलाडीको आवश्यकता पर्नेमा जोड दिनुभयो । सो क्रममा उहाँले खेलका लागि फुटबल समेत हस्तान्तरण गर्नुभएको थियो । उक्त समारोहमा विद्यालयका अध्यक्ष रामकृष्ण चित्रकारले ...
वेल्समाथि पोल्यान्डको जित
खेलकुद, समाचार

वेल्समाथि पोल्यान्डको जित

युइएफए नेसन्स लिगको पहिलो खेलमा पोल्यान्डले वेल्समाथि पूनरागमन जित निकालेको छ । गएराति भएको खेलमापोल्यान्डले वेल्सलाई २–१ गोल अन्तरले पराजित गरेको हो । पोल्यान्डलाई जित दिलाउनको लागि जाकुव कामिन्स्की र कारोल स्वीडर्सकीले समान एक–एक गोल गरे । वेल्सका जोनाथन विलियम्सले एक गोल गरे । ५२औं मिनेटमा जोनाथन विलियम्सको गोलमा वेल्सले अग्रता लिएको थियो । तर, त्यो अग्रतालाई वेल्सले जोगाउन सकेन । ७२औं मिनेटमा जाकुव कामिन्स्कीले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ८५औं मिनेटमा कारोल स्वीडर्सकीले गोल गर्दै पोल्यान्डको पूनरागमन जित पक्का गरे । जितसँगै पोल्यान्डले युइएफए नेसन्स लिग ए ग्रुप ४ मा एक खेलबाट ३ अंक जोडेको छ । वेल्स अंकविहीन छ ।...
प्रिमियर लिगकाे उपाधि म्यानचेस्टर सिटीलाई
अन्तरराष्ट्रिय, खेलकुद, समाचार

प्रिमियर लिगकाे उपाधि म्यानचेस्टर सिटीलाई

यो सिजनको इंग्लिस प्रिमियर लिगको उपाधि म्यानचेस्टर सिटीले जितेको छ । गएराति भएको खेलमा एस्टन भिल्लालाई ३-२ गोल अन्तरले पराजित गर्दै उपाधि सिटीले हात पारेको हो । सिजनको अन्तिम खेलमा २ गोलले पछि परेको स्थितिबाट उत्कृष्ट पुनरागमन गर्दै सिटी च्याम्पियन बन्यो । एक समय २-० ले पछि परेको सिटी उपाधि गुमाउने संघारमा रहेको थियो । तर, खेलकाे अन्त्यतिर सिटीले सानदार पुनरागमन गरे । ३७औं मिनेटमा मट्टी कसले गोल गर्दै भिल्लालाई अग्रता दिलाएका थिए । ६९औं मिनेटमा फिलिप कोउटिन्होले गोल गर्दै भिल्लाको अग्रता दोब्बर बनाएका थिए । त्यसपछि सिटीले पाँच मिनेटमा तीन गोल गर्यो । ७६औं मिनेटमा इल्काए गुन्डोगनले गोल गर्दै सिटीलाई खेलमा फर्काउने संकेत दिलाए । त्यसको दुई मिनेट नबित्दै सिटीले बराबरी गोल पनि फर्कायो । ७९औँ मिनेटमा रोड्रीले गोल गरेपछि खेल बराबरीमा आएको थियो । ८१औँ मिनेटमा गुन्डोगनले गोल गर्दै सिटीलाई...
विकेशले राष्ट्रिय टिमको प्रशिक्षणमा सहभागिता नजनाउने
खेलकुद, समाचार

विकेशले राष्ट्रिय टिमको प्रशिक्षणमा सहभागिता नजनाउने

काठमाडौँ – नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य विकेश कुथुले राष्ट्रिय टोलीको प्रशिक्षणमा सहभागी नहुने जनाएका छन् । शुक्रबार सामाजिक सञ्जालमार्फत आफू पीडित खेलाडीहरुको पक्षमा रहेको बताउँदै उनले प्रशिक्षणमा सहभागी नहुने बताएका हुन् । यसअघि ११ खेलाडीले स्पष्टीकरण दिन गरिएको पत्रकार सम्मेलनमा सहभागिता जनाएका कुथुले आफू फिट हुँदा हुँदै मिडियामा बोलेको आधारमा टिमबाट निकालेको गुनासो गरे । ‘म मेरो राष्ट्र र राष्ट्रिय टिमको सम्मान गर्दै यसपटक राष्ट्रका लागि सदा डटिरहने खेलाडी साथिहरुको जायज माग प्रति समर्थन जनाउँदै राष्ट्रिय टिमको प्रशिक्षणमा सहभागी हुन असमर्थ रहेको जानकारी गराउँदछु,’ विकेशले सामाजिक सञ्जालमा लेखेका छन् ।...
अलमुताइरीका कारण बन्द प्रशिक्षणबाट निस्कन बाध्य : खेलाडी
खेलकुद, समाचार

अलमुताइरीका कारण बन्द प्रशिक्षणबाट निस्कन बाध्य : खेलाडी

काठमाडौँ– राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले बन्द प्रशिक्षण छाडेर जान भनेपछि आफूहरु प्रशिक्षण छाड्न बाध्य भएको बन्द प्रशिक्षणबाट विद्रोह गरेका खेलाडीहरुले बताएका छन् । विद्रोह गरेका खेलाडीहरुले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रशिक्षक अलमुताइरीले पटक पटक क्याम्प छाडेर जान भनेपछि आफूहरु बाध्य भएर प्रशिक्षण छाडेको खेलाडीहरुले बताएका हुन् । एएफसी एसियन कप छनोट २०२३ को छनोट चरणको तयारीमा रहेको फुटबल टोलीका १० सिनियर खेलाडीले प्रशिक्षक अलमुताइरीको व्यवहारप्रति असन्तुष्टि जनाउँदै मङ्गलबार प्रशिक्षण क्याम्प छाडेका थिए । राष्ट्रिय टोलीका कप्तान किरण चेम्जोङको अनुपस्थितिमा टोलीको नेतृत्व सम्हालिरह्का मिडफिल्डर रोहित चन्दलाई क्याम्प छोड्न भनेपछि असन्तुष्ट सिनियर खेलाडीले प्रशिक्षक अलमुताइरी प्रशिक्षकसँग त्यसबारे छलफल गरेका थिए । छलफलपछि प्रशिक्षकले अन्य खेलाडीलाई प...