प्रदेश Archives - Intra Khabar
मङ्लबार, मंसिर १९, २०८०

प्रदेश

समाजसेवी मेघ सुवेदीले गरे भुकम्प पिडितलाई २५ लाख नगद सहयोग
समाचार, सुदूरपश्चिम प्रदेश

समाजसेवी मेघ सुवेदीले गरे भुकम्प पिडितलाई २५ लाख नगद सहयोग

जाजरकोट । नेपालको सामाजिक सेवामा उल्लेख्य योगदान दिदै आएका मनकारी समाजसेवी दम्पती मेघ सुवेदी र मनु सुवेदीद्वारा अमेरिकामा संचालित सामाजिक संस्था सेजल एण्ड सिस्टर एलएलसी सेजल एण्ड सिस्टर टुर्स एण्ड टाभल्सले नेपालको सुदुर पश्चिममा हालै गएको विनाशकारी भूकम्प पिडितहरुलाई आर्थिक सहयोग प्रदान गरेको छ । नेपालको विकट जिल्ला मानिने जाजरकोट र रुकुम पश्चिममा भएको भुकम्पका कारण निधन भएका प्रति व्यक्ति नगद १५ हजारका दरले तथा घाइते परिवारलाई ५ देखि ८ हजारका दरले स्वयं उपस्थिती भई पिडित परिवारहरुलाई हस्तान्तरण गरेका थिए । त्यसो त उनले अमेरिकामा नै बसेर सहयोग गर्ने रकम सिधै प्रधानमन्त्री राहत कोष मार्फत नै जम्मा गरिदिन पनि सक्थे तर उनको र उनको परिवारको चाहना अनुसार पिडित परिवारमा सहानुभुती र पिडितलाई जति सक्दो आफ्नो तर्फबाट थप के कस्ता सहयोग गर्न सकिन्छ भन्ने हेतु हतारिदै आएर विनाशकारी भुकम्पस्थल पुगी नग...
मोहम्मद जुनैद नेपाल मुस्लिम संघको उपाध्यक्षमा निर्वाचित
मधेश प्रदेश, समाचार

मोहम्मद जुनैद नेपाल मुस्लिम संघको उपाध्यक्षमा निर्वाचित

काठमाडौं । नेपाली काङ्ग्रेस निकट भातृ संगठन नेपाल मुस्लिम संघको उपाध्यक्षमा रौतहटका मोहम्मद जुनैद निर्वाचित भएका छन् । उनी संघको तेस्रो महाधिवेशनबाट निर्वाचित भएका हुन् । संघको सँस्थापक सदस्य समेत रहेका उनी बितेका तीन कार्यकाल कोषाध्यक्षको रुपमा सक्रिय रहदै आएका थिए । गत असोज ५ गते देखि ८  गते सम्म चलेको मुस्लिम संघको महाधिवेशनले जुनैदलाई निर्विरोध उपाध्यक्षमा निर्वाचित गरेको हो । नेपाली काङ्ग्रेसको महाधिवेशन प्रतिनिधि समेत रहेका जुनैद एक कुशल वैदेशिक रोजगार व्यावसायी समेत हुन् । लामो समय देखि नेपाल, मलेसिया लगायतका विभिन्न मुलुकहरूमा व्यवसाय गर्दै आएका उनले समग्र मुस्लिम समुदायको हक हितका पक्षमा समेत आवाज उठाउदै आएका छन् । रौतहटका स्थानीय बासिन्दा जुनैद आफ्नो जिल्लाको बारेमा समेत उत्तिकै चासो राख्दछन । जिल्ला बासिको सुख दुखमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा साथ दिदै आएका उनी एक इम...
‘फेसियल हाउस’ अब  धनगढीमा
आर्थिक, समाचार, सुदूरपश्चिम प्रदेश

‘फेसियल हाउस’ अब धनगढीमा

काठमाडौं । नेपालको प्रख्यात ब्युटि सैलुन फेसियल हाउसले छैटौं नयाँ शाखा धनगढीमा संचालन गरेको छ । धनगढीको चौडामा आज एक कार्यक्रमका विच वरिष्ठ सौन्दर्यविद् तथा फेसियल हाउसकी प्रबन्ध निर्देशक शुष्मा महरा र कैलाली उद्योग बाणिज्य संघका अध्यक्ष पुष्प राज कुँवरले उक्त शाखाको संयुक्त रुपमा उद्घाटन गरेका हुन् । महराले सुदुरपश्चिममा शाखा विस्तार गरे सँगै पश्चिम हुँदै पुर्वतिर पनि सेवाग्राहीहरूले गुणस्तरीय सेवा खोज्न थालेपछी फेसियल हाउसको अन्य शाखा विस्तार गर्ने लागेको बताएकी छन् । सो कार्यक्रमका प्रमुख अतिथि रहेका कुँवरले आफ्नो मन्तव्य राख्दै भने आर्थिक मन्दीको यस्तो अवस्था रहेको बेलामा र वित्तीय क्षेत्रले समेत लगानी गर्न नसकेको अवस्थामा यस ठाउँमा लगानी गरेर व्यवसाय स्थापना गरेप्रति फेसियल हाउसलाई धन्यबाद दिएका छन् । काठमाडौंको काठमाडौं मल, चावहिल र सिटिसि मलका साथै उपत्यका बाहिर पोखरा, सुर्खेतबाट...
नेपाल–भारत सम्बन्धका विभिन्न विषयमा छलफल
मधेश प्रदेश, राजनीति, समाचार

नेपाल–भारत सम्बन्धका विभिन्न विषयमा छलफल

जनकपुरधाम । बदलिदो परिवेशमा नेपाल भारतको सम्बन्धका विषयमा जनकपुरधाममा गहन छलफल गरिएको छ । नेपाल भारत खुल्ला सिमा सम्वाद समुह केन्द्रिय समितिको आयोजनामा जनकपुरधाममा आयोजित छलफलमा वक्ताहरुले विगतमा भएका दुईवटा सन्धीहरु पश्चात नेपाल भारतको सम्बन्ध कमजोर हुदै गएको बताए । कार्यक्रममा नेपाल भारतका जानकार कुशेश्वर झाले राजा महेन्द्रको पाला देखि नेपालमा भारत विरोधी गतिविधी सुरु हुन थालेको बताए । जनकपुरधामको प्रमुखमा उम्मेदवार बनेकी तमलोपा नेतृ विभा ठाकुरले आफु २०४४ सालमा विवाह गरेर नेपाल आएकोबेला नागरिकता लिन कुनै पनि अप्ठेरो नभएको बताउदै अहिले हुन थालेको जालझेल प्रति आपती जनाइन् । उनले भारतबाट विवाह गरेर नेपालकी बुहारी भएकी महिला माथी बिश्वास नभएको खण्डामा सबैलाई र्फिता पठाईदिनु पर्ने सम्मको अभिव्यक्ति दिइन । कार्यक्रममा नेपाल भारत खुल्ला सिमा सम्वाद समुहका केन्द्रिय अध्यक्ष राजिव झाले खुल्...
नर प्रधान ‘मित्र’को ‘दि हिमालयन’ लोकार्पण
वाग्मती प्रदेश, समाचार, समाज

नर प्रधान ‘मित्र’को ‘दि हिमालयन’ लोकार्पण

नर प्रधान ‘मित्र’द्वारा लिखित पुस्तक ‘दि हिमालयन’ लोकार्पण गरिएको छ । संघीय राजधानी काठमाडौंको नयाँ बानेश्वर स्थित दि एभरेष्ट होटलमा एक विशेष समारोहबीच आइतबार राष्ट्रिय गानका सर्जक व्याकुल माइलाको प्रमुख आतिथ्यतामा पुस्तक ‘दि हिमालयन’ लोकार्पण गरिएको हो । जंगवीर गुभाजु श्रेष्ठ प्रतिष्ठानको आयोजनामा भएको लोकार्पण समारोहमा कार्यक्रमका प्रमुख अतिथिसहित सभापति बाबुराम श्रेष्ठ ‘बर्षा’, लेखककी आमा पदममाया प्रधान, इन्ट्रा फाउण्डेशनका अध्यक्ष डिल्ली अधिकारी, बरिष्ठ साहित्यकार डा. दामोदर पुडासैनी, पद्मकन्या क्याम्पसकी उपप्राध्यापक अनुपमा रेग्मी लगायतले पुस्कको लोकार्पण गर्नुभएको थियो । यो पुस्तकको अंग्रेजी संस्करण अमेरिकामा यसअघि नै विमोचन भइसकेको छ भने नेपाली संस्करण आइतबार लोकार्पण गरिएको हो । पुस्तकको नेपाली अनुवाद जितेन्द्र श्रेष्ठले गर्नुभएको छ । पुस्तकका लखेक नर प्रधान भुटानी मूलका अमेर...
भारतीय फोटोग्राफर ७ महिनादेखि झापाको जेलमा, एनएफपिजेले छुटाउन पहल गर्ने
प्रदेश नं. १, समाचार, समाज, सूरक्षा

भारतीय फोटोग्राफर ७ महिनादेखि झापाको जेलमा, एनएफपिजेले छुटाउन पहल गर्ने

काठमाडौं । झापाको जेलमा रहेका भारतीय फोटोग्राफर रिहाईका लागि राष्ट्रिय फोटो पत्रकार समुहले पहल गर्ने भएको छ । सञ्चार माध्यम र सामाजिक सञ्जालमा बिगत ७ महिनादेखि एक २४ वर्षीय युवक दुर्लभ रोय चौधरी पुर्पक्षका लागि थुनामा रहको समाचार बाहिरीएपछि फोटो पत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्तले उनको रिहाईका लागि पहल गर्ने बताएका हुन् । ‘मैले उनलाई झापाको जेलमै गएर भेटेर आएँ । अरु अध्ययन गर्दा उनी व्यवसायीक फोटोग्राफर तथा फोटोपत्रकार भएको पाइएकाले पहल गर्ने भएका हौं अध्यक्ष वन्तले भने । प्रहरीले उनलाई नक्कली अमेरिकी डलर बोकेर नेपाल आएको अभियोगमा उनीमाथि मुद्रासम्बन्धी कसुरमा जिल्ला अदालतमा मुद्दा दर्ता भएपछि उनी थुनामा पुगेका हुन् । मुद्दाको पुर्पक्ष गर्नका लागि आवश्यक प्रक्रियासमेत पूरा नहुँदा (अङ्ग नपुग्दा) उनको मुद्दा सुनुवाइको प्रक्रियामा समेत पुगेको छैन । भारतको कोलकाता नजिकैको हावरा स्थायी ठ...
उच्च अदालतद्वारा अभिनेता पललाई थुनामै राख्न आदेश
अपराध, मनोरन्जन, वाग्मती प्रदेश, समाचार

उच्च अदालतद्वारा अभिनेता पललाई थुनामै राख्न आदेश

बलात्कारको आरोप लागेका नायक पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने तनहुँ र पुर्वी नवलपरासी जिल्ला अदालतको आदेशलाई उच्च अदालत पोखराले सदर गरेको छ । जिल्ला अदालतको आदेशविरुद्ध पलले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए । बिहीबार बहसपछि उच्च अदालतका न्यायाधीश उज्ज्वल शुक्ल र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले जिल्ला अदालतको आदेश सदर गरेको हो । शाहले साधारण तारेखमा रिहा गर्नका गरेको मागलाई अदालतले अस्वीकारगरेको छ । यससँगै कम्तिमा फैसलासम्म शाह थुनामै रहने भएका छन् ।...
‘मिस्टर एण्ड मिस नवलपरासी’ को आवेदन खुला
मनोरन्जन, लुम्बिनी प्रदेश, समाचार

‘मिस्टर एण्ड मिस नवलपरासी’ को आवेदन खुला

‘मिस्टर एण्ड मिस नवलपरासी २०२२’ का लागि आवेदन खुल्ला गरिएको छ । पि प्रोडक्सनले सोमबार एक विज्ञप्ती जारी गर्दै प्रतियोगिताको ग्राण्ड अडिसनको लागि आवेदन खुला गरेको जानकारी दिएको हो । मिस्टर एण्ड मिस नवलपरासी प्रतियोगितामा सहभागीता जनाउन ईच्छुक ६ देखि २६ बर्ष उमेर समूहका प्रतिस्पर्धीहरुले ग्लोवल अनलाईन पे को वेबसाइटमार्फत आवेदन दिन सक्नेछन् । प्रतियोगीताको ग्राण्ड अडिसन यहि जेष्ठ १४ गते शनिवार परासीस्थित सिद्धार्थ पार्क रेजेन्सीमा हुनेछ। प्रतियोगितामा ‘मिस्टर एण्ड मिस नवलपरासी’, ‘मिस्टर एण्ड मिस टिन नवलपरासी’ र ‘मिस्टर एण्ड मिस लिटिल नवलपरासी’ गरी तीन मुख्य टाइटल रहनेछन् । आफू भित्रको रहेको क्षमता, आत्मविश्वास र मोडलिङ क्षेत्रमा अघि बढ्ने चाहनालाई सही दिशा र यसैमा भबिस्य खोज्नेहरुका लागि नवलपरासी क्षेत्रमै हुन गईरहेको मिस्टर एण्ड मिस नवलपरासी एउटा सुनौलो अवसर रहेकोले सो प्रशिक्षणमा सहभागित...
विश्व कीर्तिमानी गीतकार डा.उपाध्यायलाई अमेरिकाको ‘प्रेसिडेन्ट अवार्ड अफ एजुकेसन एक्सिलेनस’
वाग्मती प्रदेश, समाचार, समाज

विश्व कीर्तिमानी गीतकार डा.उपाध्यायलाई अमेरिकाको ‘प्रेसिडेन्ट अवार्ड अफ एजुकेसन एक्सिलेनस’

काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डिआर उपाध्यायलाई अमेरिकाको ‘प्रेसिडेन्ट अवार्ड अफ एजुकेसन एक्सिलेनस’ प्रदान गरिएको छ । उहाँलाई अमेरिकाको शैक्षिक उत्कृष्टताको राष्ट्रपति पुरस्कार प्रदान गरिएको हो । सो पुरस्कार डा. उपाध्यायलाई ग्लोब इगल विश्वविद्यालयका प्रमुख कार्यकारी डा. जशवीर सिंहले प्रदान गर्नुभएको हो । अमेरिकी राष्ट्रपति जो बाइडनको हस्ताक्षर रहेको यो पुरस्कार निकै सम्मानित पुरस्कारका रूपमा मानिन्छ । डा. उपाध्यायले आफू पुरस्कार समारोहमा जान नपाएको र ग्लोब इगल विश्वविद्यालयका प्रमुख कार्यकारी डा. जशवीर सिंहमार्फत पुरस्कार ग्रहण गरेको बताउनुभयो । गीतसंगीत तथा विविध विधामान गिनिज बुक अफ वल्र्ड रेकर्डसहित १०८ विश्व कीर्तिमान कायम गर्नुभएका डा. उपाध्यायका ३३ गीति एल्बमका सयौँ गीत र भिडियो श्रोता÷दर्शकमा आएका छन् । यस्तै, उहाँका ‘बज्रघात’, ‘त्यागी’, ‘भाग्यचक्र’, ...
काठमाडौँ उपत्यकामा फेरि थुप्रियो फोहोर
वाग्मती प्रदेश, समाचार, समाज

काठमाडौँ उपत्यकामा फेरि थुप्रियो फोहोर

काठमाडौँ उपत्यकामा पुनः फोहोर थुप्रिएको छ। सात दिनदेखि फोहोर उठ्न रोकिएपछि उपत्यकाका सडक, चोक र गल्लीमा फोहोरको डङ्गुर थुप्रिएर दुर्गन्धित बनेको छ। हप्ता दिनअघि पासाङ ल्हामु राजमार्गमा सुरक्षाकर्मी तैनाथ गरेर दुई सातादेखि थुप्रिएको उपत्यकाको फोहोर व्यवस्थापनको काम सुरु गरिएको थियो । तर स्थानीय तहको निर्वाचनमा सबैको ध्यान केन्द्रित भएपछि र फोहोर विसर्जन गरिने सिसडोलको डम्पिङ साइटको व्यवस्थापन गर्नुपर्ने भन्दै पुनः फोहोर ढुवानी बन्द हुँदा उपत्यकाको फोहोर उठ्न छाडेको हो। पासाङल्हामु राजमार्गको मुड्खुभञ्ज्याङदेखि तिनपिप्लेसम्म नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका तीन सय सुरक्षाकर्मी तैनाथ गरेर काठमाडौँ उपत्यकाबाट सङ्कलन गरिएको फोहोर सिसडोल ढुवानी गर्न सुरु गरिएको थियो। काठमाडौँ महानगरपालिकाको वातावरण विभागका प्रमुख सरिता राईले सिसडोलस्थित डम्पिङ साइटको व्यवस्थापन गर्नु परेका कारण केही दिनदेखि...