भारतीय फोटोग्राफर ७ महिनादेखि झापाको जेलमा, एनएफपिजेले छुटाउन पहल गर्ने
काठमाडौं । झापाको जेलमा रहेका भारतीय फोटोग्राफर रिहाईका लागि राष्ट्रिय फोटो पत्रकार समुहले पहल गर्ने भएको छ । सञ्चार माध्यम र सामाजिक सञ्जालमा बिगत ७ महिनादेखि एक २४ वर्षीय युवक दुर्लभ रोय चौधरी पुर्पक्षका लागि थुनामा रहको समाचार बाहिरीएपछि फोटो पत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्तले उनको रिहाईका लागि पहल गर्ने बताएका हुन् । ‘मैले उनलाई झापाको जेलमै गएर भेटेर आएँ । अरु अध्ययन गर्दा उनी व्यवसायीक फोटोग्राफर तथा फोटोपत्रकार भएको पाइएकाले पहल गर्ने भएका हौं अध्यक्ष वन्तले भने ।
प्रहरीले उनलाई नक्कली अमेरिकी डलर बोकेर नेपाल आएको अभियोगमा उनीमाथि मुद्रासम्बन्धी कसुरमा जिल्ला अदालतमा मुद्दा दर्ता भएपछि उनी थुनामा पुगेका हुन् । मुद्दाको पुर्पक्ष गर्नका लागि आवश्यक प्रक्रियासमेत पूरा नहुँदा (अङ्ग नपुग्दा) उनको मुद्दा सुनुवाइको प्रक्रियामा समेत पुगेको छैन । भारतको कोलकाता नजिकैको हावरा स्थायी ठ...