समाजसेवी मेघ सुवेदीले गरे भुकम्प पिडितलाई २५ लाख नगद सहयोग
जाजरकोट । नेपालको सामाजिक सेवामा उल्लेख्य योगदान दिदै आएका मनकारी समाजसेवी दम्पती मेघ सुवेदी र मनु सुवेदीद्वारा अमेरिकामा संचालित सामाजिक संस्था सेजल एण्ड सिस्टर एलएलसी सेजल एण्ड सिस्टर टुर्स एण्ड टाभल्सले नेपालको सुदुर पश्चिममा हालै गएको विनाशकारी भूकम्प पिडितहरुलाई आर्थिक सहयोग प्रदान गरेको छ । नेपालको विकट जिल्ला मानिने जाजरकोट र रुकुम पश्चिममा भएको भुकम्पका कारण निधन भएका प्रति व्यक्ति नगद १५ हजारका दरले तथा घाइते परिवारलाई ५ देखि ८ हजारका दरले स्वयं उपस्थिती भई पिडित परिवारहरुलाई हस्तान्तरण गरेका थिए ।
त्यसो त उनले अमेरिकामा नै बसेर सहयोग गर्ने रकम सिधै प्रधानमन्त्री राहत कोष मार्फत नै जम्मा गरिदिन पनि सक्थे तर उनको र उनको परिवारको चाहना अनुसार पिडित परिवारमा सहानुभुती र पिडितलाई जति सक्दो आफ्नो तर्फबाट थप के कस्ता सहयोग गर्न सकिन्छ भन्ने हेतु हतारिदै आएर विनाशकारी भुकम्पस्थल पुगी नग...