मनोरन्जन Archives - Intra Khabar
मङ्लबार, मंसिर १९, २०८०

मनोरन्जन

चलचित्र चिट्ठीको पहिलो गीत “टुटेको तारा”सार्वजनिक
मनोरन्जन, समाचार

चलचित्र चिट्ठीको पहिलो गीत “टुटेको तारा”सार्वजनिक

काठमाण्डौ – चलचित्र चिट्ठीको पहिलो गीत “टुटेको तारा” सार्वजनिक भएको छ । माधब राज खरेलको लेखन र निर्देशन रहेको उक्त चलचित्रमा चर्चित पाश्र्व गायक शिव परियारको स्वर, डा. कृष्णहरि बरालको शब्दरचना रहेको छ । उक्त गीतलाई सञ्चारकर्मी समेत रहेका गायक तथा संगीतकार सरोज कोईरालाले संगीत गरेका छन् । गीतलाई ओएस्आर डिजिटल च्यानलबाट सार्वजानिक गरिएको छ । कमेडी जनारामा बनेको चलचित्र चिट्ठीको केन्द्रिय भुमिकामा संजीत भण्डारी, खड्ग बहादुर पुन मगर “खबपु”, गोपाल ढकाल“छन्दे”, नवराज थापा, मुस्कान लामा, कञ्चन चालिसे, प्रवण भुषाल, श्रीदेव भट्टराई लगायतका रहेका छन भने नम्रता खरेल, रश्मी भट्ट, मोहन निरौला, शान्तिप्रिय, राजन थापा, डेविल सिंह राजपुत, प्रल्हाद खरेल, उद्धव भट्टराई, समिर लामा, पुर्ण राई, पुरुषोत्तम सानु लगायत कलाकारहरुको अभिनय रहेको छ । चलचित्रलाई जीवन पराजुली र राजन खरेल खिचेका हुन भने सम्पादन माधब ख...
राजेन्द्र बजगाईंको संगीतमा ‘बोलीरहने मायाले बोल्नै छोड्यो नि’(भिडियो)
मनोरन्जन, समाचार

राजेन्द्र बजगाईंको संगीतमा ‘बोलीरहने मायाले बोल्नै छोड्यो नि’(भिडियो)

चरोन बजगाईं र स्वाति भट्टको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा पछिल्लो समय युवा पुस्तामा लोकप्रिय बन्दै गएका संगीतकार राजेन्द्र बजगाईंको संगीत रहेको छ। ‘बोलीरहने मायाले बोल्नै छोड्यो नि’ बोलको गीतमा शब्द रचना रंग पत्रकार बिष्णु सुबेदीको रहेको छ। सार्वजनिक गीतमा निषाद चन्द्रको संगीत संयोजन र मनोज परियारको मिक्सिङ्ग मास्टरिङ्ग रहेको छ। कलाकार लक्ष्मी बर्देवा र जीवन भट्टराईले निर्देशन गरेको भिडियोलाई बुद्द थापाले छायाँकन र बिष्णु खड्काले सम्पादन गरेका छन्। भिडियोमा रियल जोडी लक्ष्मी बर्देवा र जीवन जिवन संगै गायक चरोन बजगाईंको अभिनय रहेको छ। भिडियो त्रिमुर्ति इन्टरटेन्टमेन्टको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ। ...
‘नेशन्स गट ट्यालेण्ट’ रियालिटि  शो हुने
मनोरन्जन, समाचार

‘नेशन्स गट ट्यालेण्ट’ रियालिटि  शो हुने

गायन र नृत्य विधाका बालप्रतिभाको खोजीका लागि नेशन्स गट ट्यालेण्ट नामक रियालिटि  शो हुने भएको छ। नेशन्स गट ट्यालेण्टको आयोजक संस्था एएनपी मिडिया हाउसले मंगलबार सोल्टी होटलमा पत्रकार सम्मेलन आयोजना गरि उक्त रियालीटी शोको घोषणा गरेको हो। एएनपी मिडिया हाउसका अध्यक्ष तथा नेशन्स गट ट्यालेण्टका निर्देशक लबबहादुर कार्कीले बाल प्रतिभाको खोजीमूलक उक्त कार्यक्रम एपिवान टेलिभिजनबाट प्रसारण हुने जानकारी गराए। बालबालिकाका लागि गायन र नृत्य विधामा आफनो कला प्रस्तुत गर्न अवसर प्रदान गर्न मञ्च उपलब्ध गराउने सो रियालीटी शोमा  ख्यातीप्राप्त अभिनेत्रीद्धय मिथिला शर्मा र गौरी मल्ल, तथा ख्यातीप्राप्त गायक आनन्द कार्की र गायिका देविका बन्दना निर्णायक रहने छन्।  रियालीटी शोमा पत्रकार विदुर गिरी सल्लाहकार संयोजक, राज लुईटेल कार्यक्रम संयोजक,  शम्भुप्रसाद रेग्मी ईभेन्ट संयोजक र अनिता तामाङ्ग कार्यालय संयोजक रहेका...
सरोज दाहालको निर्देशनमा टेलिचलचित्र ‘टुल्के दाइ’ (भिडियो)
मनोरन्जन, समाचार

सरोज दाहालको निर्देशनमा टेलिचलचित्र ‘टुल्के दाइ’ (भिडियो)

कलाकार तथा निर्देशक सरोज दाहालको निर्देशनमा टेलिचलचित्र टुल्के दाइ आउने भएको छ। मंसिर १५ गते शुक्रवार देखि आउन लागेको टुल्के दाइको प्रोमो Tulke Dai Official युट्युब च्यानलमा सार्बजनिक भएको छ। सामाजिक र पारिवरिक कथा बस्तु बोकेको टुल्केदाइ टेलिसिरियलमा टुल्के दाइको भुमिका बाबुराम शाक्यले निभाएका छन्। बाबुराम शाक्य, मायादेबी श्रेष्ठ, सरोज दाहाल, रश्मी भट्ट, कृष्ण भक्त महर्जन, बद्री पुडासैनी, मलाइका बस्नेत, श्रीजना कार्की, रजनी खड्का, बिष्णु भण्डारी, सुनिता कार्की, हिरा श्रेष्ठ लगायतका कलाकारको टेलिचलचित्रमा मुख्यभुमिका रहेको छ। बाबुराम शाक्यको कथामा सौरभ दवाडीले पटकथा सम्बाद तयार पारेका हुन्। सिरियलको शिर्ष गीतमा जय देबकोटाको शब्द संगित र स्वर रहेको छ। अनिल जिसीको छायांकन रहेको टुल्केदाइको सम्पादन मुकेश हमालले गरेका हुन्। बि. एम. पिक्चर्सको प्रस्तुति रहेको टुल्केदाइको निर्देशन सरोज दा...
सराना श्रेष्ठ निर्देशित मदनकृष्ण श्रेष्ठको“सुन न तिमी राम्रो लाग्यो”(भिडियो)
मनोरन्जन, समाचार

सराना श्रेष्ठ निर्देशित मदनकृष्ण श्रेष्ठको“सुन न तिमी राम्रो लाग्यो”(भिडियो)

काठमाडौं । वरिष्ठ अभिनेता तथा गायक मदनकृष्ण श्रेष्ठद्वारा स्वरबद्ध नयाँ गीत “सुन न तिमी राम्रो लाग्यो” सार्वजनिक गरिएको छ । पाको उमेरमा पनि मानिसभित्र जवान इच्छा र आंकाक्षा जीवित रहन्छ भन्ने प्रेमिल भावमा तयार पारिएको गीतमा प्रतिमा श्रेष्ठको शब्द रचना तथा अनिल शाहीको संगीत रहेको छ ।   मदनकृष्णसँगै अभिनेत्री मिथीला शर्माको अभिनय र नृत्यसमेत रहेको गीतको भिडियोमा दुवैका रोमाञ्चक दृश्यहरु समेटिएको छ । मदनकृष्णको कलाकार तथा म्युजिक भिडियो निर्देशक पुत्री सराना श्रेष्ठले तयार पारेको गीतको वृद्ध उमेरको पुरुषका चाहना र इच्छाका विम्बात्मक भिडियोमा मदनकृष्ण स्वयंले अभिनय गरेका छन्। । यस अघिको लोकप्रिय म्यूजिक भिडियो ‘फुलबुटे सारी’मा पनि मदनकृष्ण श्रेष्ठ र मिथिला शर्माको जोडीलाई नै फिचर्ड गरिएको थियो । क्रियटिभ ह्याट्स युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतको भिडियोमा निर्देश...
मिसेस् नेपालमा सहभागी हुन मिसेस् वर्ल्ड सरगम कौशल काठमाडौँमा
मनोरन्जन, समाचार

मिसेस् नेपालमा सहभागी हुन मिसेस् वर्ल्ड सरगम कौशल काठमाडौँमा

काठमाडौं । ‘मिसेस् वर्ल्ड २०२२’ सरगम कौशल काठमाडौँ आएकी छन् । उनी यही कार्तिक २२ गते कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने ‘मिसेस् नेपाल २०२३’को फाइनलमा सहभागी हुन आफ्नी आमासहित शनिवार साँझ काठमाडौँ उत्रिएकी हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई मिसेस् नेपालको आयोजक संस्था रिबन इन्टरटेनमेन्टका निशुकान्त झा र अफिसियल कोरियोग्राफर अश्विनीकान्त झा सहित मिसेस् नेपाल वर्ल्ड २०२२ विजेता दीक्षा केसीले स्वागत गरेका थिए । विमानस्थलमा आयोजित पत्रकारहरू सम्मेलनमा कौशलले आफू पहिलो पटक नेपाल आएको बताइन् । “सगरमाथाको देशमा मलाई निम्त्याएकोमा नेपालको आयोजकलाई धन्यवाद छ । पहिलो पटक नेपाल आएकी हुँ । मलाई नेपाल र भारत सहोदर दिदीबहिनी जस्तो लाग्छ । यही मौकामा धार्मिक हिसाबले पनि पुन्यभूमि नेपालको पशुपतिनाथ मन्दिरको दर्शन पनि गर्नेछु”, उनले बताइन् । मिसेस् नेपालका सबै सहभागीलाई बधाई दि...
नायक तेज गिरीलाई स्ट्रेन्थ लिफ्टिङ्ग एण्ड ईन्क्लाईन बेन्च प्रेस प्रतियोगितामा रजत पदक
मनोरन्जन, समाचार

नायक तेज गिरीलाई स्ट्रेन्थ लिफ्टिङ्ग एण्ड ईन्क्लाईन बेन्च प्रेस प्रतियोगितामा रजत पदक

काठमाडौं । पछिल्लो चलचित्र “प्रेमगन्ज”बाट अत्याधिक चर्चा कमाएका नायक तेज गिरीले बाके जिल्ला स्ट्रेन्थ लिफ्टिङ्ग संघको आयोजनामा यही १७ र १८ गते नेपालगन्जमा सम्पन्न प्रथम मेयर कप “राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ्ग एण्ड ईन्क्लाईन बेन्च प्रेस प्रतियोगिता २०८०” को ६८ के.जि. तौल समुहमा रजत पदक(Silver Medal) जित्न सफल भएका छन् । यस प्रतियोगितामा देशभर बाट लगभग ९० जनाको हाराहारीमा खेलाडीहरुको सहभागीता रहेको थियो । यो प्रतियोगितामा मैले पहिलो पटक सहभागिता जनाएको हो । उनले पहिलो पटकमा नै दोश्रो स्थान हासिल गर्न पाँउदा अतेन्तै खुशी लागेको बताए । उहाँ अभिनित “उपहार” चलचित्रको पहिलो गित हिजो ओसआर युट्उब च्यानलबाट रिलिज भएको थियो । गितले राम्रो चर्चा बटुलि रहेको छ । उपहार चलचित्र आउँदो फाल्गुन २५ बाट प्रदर्शनमा आउनेछ।...
गायक नर बहादुर देउवाको लोक झ्याउरे गीत ‘हितैको माया'(भिडियो)
मनोरन्जन, समाचार

गायक नर बहादुर देउवाको लोक झ्याउरे गीत ‘हितैको माया'(भिडियो)

काठमाडौं । गायक नर बहादुर देउवाको नेपाली लोक झ्याउरे गीत हितैको माया सार्वजनिक भएको छ । तिहारको समयमा देउसी भैलो खैल्दा नाचगान गरि रमाउने चलन छ तर अहिले मौलिकता बोकेका गितहरु हराउदै गएकोले तिहार पर्व लाई लक्षित गरि गित बजारमा ल्याएको देउवा बताउछन् । पञ्चपुरी कला केन्द्र संगको सहकार्यमा निमार्ण गरिएको उत्त गित को निर्देशन कला केन्द्रकै कोषाध्यक्ष किरण बि.सी. ले गरेको हुन् । गितको शब्द अनुसार नै तडक भडक भन्दा पनी मौलिकपन झल्किने गरि भिडियोको छायांकन गरिएको निर्देशक बि.सी. ले बताएका छन् । गित पञ्चपुरी कलाकेन्द्र यूटुब च्यानलबाट सार्वजिनक भएको हो । गितमा अभिनय चर्चित नृत्य निर्देशक चन्द्र मन्दिर र मोडल तथा नायिका लक्ष्मी गिरी को रहेको छ । कलाकार नर बहादुर देउवाले नेपाली लोक झ्याउरे गीतको इतिहासमा गीत मार्फत नया पन दिन खोजेको बताएका छन् । पछिल्लो युवा पुस्ताले आफ्नो कला र संगित लाई भुल्दै गए...
एलेक्स शर्माको “मेरो बाबा”सार्वजनिक (भिडियो)
मनोरन्जन, समाचार

एलेक्स शर्माको “मेरो बाबा”सार्वजनिक (भिडियो)

काठमाडौं । आफ्नो जन्म दिने बाबा प्रति सम्मान स्वरुप समर्पित गितको म्युजिक भिडियो एक भब्य समारोह बिच सार्वजनिक गरिएको छ। नव गायक एलेक्स शर्माको स्वर तथा अभिनय रहेको उक्त गीतको संगित एरेन्ज चर्चित संगितकार दिवान किनारले गर्नु भएको थियो । सम्भवत नेपालि सांगीतिक क्षेत्रमा एक छुट्टै किसिमको गीत तयार पारी निकै मार्मिक रुपमा उत्कृष्ट ढंगले सम्पूर्ण जन्म दिने बाबा प्रति समर्पित गरिएको भिडियो नयाँ – नौलो हुन सक्छ, किनकि यस्ता बिषय बस्तु मा कमै मात्र गित संगित तयार हुने गर्दछ । गायक शर्माको यथार्थ जिवनमा आधारित गीतको भिडियो निकै मर्मस्पर्शी छ । उनको भनाई अनुसार, आफु निकै कठिन अबस्थाबाट पटक-पटक असफलता संग लड्दै आफन्त,इस्टमित्र र आमा बाबाबाट तिरस्कृत हुदै भौतारिएको थिए , त्यो चुडिएको माया आफन्त को साथ फर्काउन रातदिन मेहेनत गरे पश्चात आफ्नो पुरा हुन लागेको सपना र खुसि मैले आफ्नो बावालाई दे...
सकियो चलचित्र’चिट्ठी’को पोष्ट प्रोडक्सन , प्रचार प्रसारको तयारीमा निर्माण पक्ष
मनोरन्जन, समाचार

सकियो चलचित्र’चिट्ठी’को पोष्ट प्रोडक्सन , प्रचार प्रसारको तयारीमा निर्माण पक्ष

संचारकर्मी कमला जोशी निर्माता रहेको चलचित्र ‘चिट्ठी’को पोष्ट प्रोडक्सनको कार्य पुर्ण रुपमा सम्पन्न भएको छ । मंगलबार आफ्नो यूनिटसंग फिल्मको बारेमा समिक्षा गर्दै चलचित्र चिट्ठीको सम्पुर्ण कार्य सम्पन्न भएको र अव केही दिनमै चलचित्रको फष्टलुक्स सार्वजनिक गर्ने तयारीमा रहेको जानकारी निर्माण पक्षले दिएको छ । कमेडी, सस्पेन्स र थ्रिलर जनरामा बनेको चलचित्रलाई माधव राज खरेलले लेखन तथा निर्देशन गरेका हुन् । एरा प्रोडक्सनको ब्यानरमा निर्माण भएको उक्त चलचित्रमा सञ्जित भण्डारी, अर्गानिक कमेडी खड्गबहादुर पुनमगर खवपु, गोपाल ढकाल छन्दे, नबुजंग थापा, मुस्कान लामा, प्रवन भुषाल, कञ्चन चालिसेका साथै बरिष्ठ कलाकार मोहन निरौला, शान्तिप्रिय, माधव खरेल, श्रीदेव भट्टराई, नम्रता खरेल पौडेल, रश्मि भट्ट, उद्धव भट्टराई, कृष्ण भट्टराई, डेविलसिंह राजपुत, राजन थापा, पुरुषोत्तम सानु, पूर्ण राई, राजु कार्की, रन्जु गुरुङ,...