विचार Archives - Intra Khabar
मङ्लबार, मंसिर १९, २०८०

विचार

‘जिन्दगी यस्तै त हो कान्छा’: युवराज अधिकारी
विचार, समाचार

‘जिन्दगी यस्तै त हो कान्छा’: युवराज अधिकारी

जिन्दगी यस्तै त हो कान्छा       जिन्दगी यस्तै त हो कान्छा उमेर चढ्दै गएपछि सन्तान परदेशिएपछि रुखोसुखो घर कटेरामै बाँधिएपछि बिग्रेको बाटोमा चिप्लेपछिघरि–घरि लडिन्छ उठ्यो–लड्खडाएर फेरि हिँड्यो यस्तै त छ हो कान्छा यो जिन्दगी बाउबाजेको बिँडो थामी खाको कहिलेकाहीँ त लाग्छ पुरानो बिग्रेको मोटरजस्तो एउटा चक्का पञ्चर हुन्छ टाल्यो काम चलायो घरिघरि हावा खुस्किन्छ बनायो फेरि स्लिप खान्छ स्टेरिङ नै बटारिने गरी ठोकठाक गरेर दगुर्यायो फेरि कहिले त अँध्यारोमा हेड लाइट नै बल्दैन गुलुब जलेछ भन्यो मधुरो साइड लाइटले जेनतेन बाटो धान्यो लोडसेडिङ हो क्यारे झ्याप्प–झ्याप्प बत्ति जाने टुकी बालेर अलि–अलि फुटेको निक्कै पहिला नेपाल शहर जाँदा छोराले हाल्देको पावरको चश्माले काम चलाएजस्तै अलिक अप्ठेरो बाटोमा त जिउ पनि हल्लिन्छ एक नम्बर गियरमा हिँड्दा पनि, पुरानो मोटरको हर्न बाहेक...
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दा
राजनीति, विचार, समाचार

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दा

-डा.डिआर उपाध्याय, काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा संलग्न सबै कानुनि दायरामा आउनु पर्छ । यो मानव तस्कर हो । मानव तस्कर गर्नेलाई कानुन बमोजिम कारवाही अघि बढाउनु पर्छ । कसैको दवाव र प्रभावमा परेर यो मुद्धालाई खुकुलो बनाउने काम गर्नु उचित हुने छैन । बहालवाला सचिव र राजनीतिक दलकै नेता यस्तो धन्दामा फस्नु भनेको देशकै बेइजत हो । उच्चपदस्थ कर्मचारीको संलग्नता भेटिएपछि अब अरु थप अनुसन्धान गर्नु पर्ने आबश्यकता देखिएको छ । यसरी उच्चपदस्थ कर्मचारी र ठूला नेता गैरकानुनी धन्दामा लाग्न लाज लाग्नु पर्ने हो । देशकै पूर्व उपप्रधानमन्त्री भइसकेका नेकपा एमालेका सचिव टोप बहादुर रायमाझी र बहालवाला सचिवको यो मुद्धामा नाम जोडिनु भनेको आश्र्यको बिषय बनेको छ । रायमाझी अझै सम्म फरार छन । यद्यपि, नेपालमा भ्रष्टाचारजन्य घटनामा उच्च राजनीतिक व्यक्ति र उच्च तहका प्र...
दलहरु आ- आफनो स्वार्थमा लिप्त
विचार, समाचार

दलहरु आ- आफनो स्वार्थमा लिप्त

-डा.डिआर उपाध्याय, प्रधानमन्त्री पुष्पकमल दाहालले संसदबाट बिश्वासको  मत लिएका छन् । अब सरकार बिस्तार गर्ने कुरामा उनको ध्यान केन्द्रित हुने छ । आज देश सत्ताको गोलचक्करमा घुमिरहेको छ। देशको उन्नति प्रगति गर्ने कुरामा राजनीतिक दल र तिनका नेताहरुको पटक्कै ध्यान गएको देखिदैन । आज देशको राजनीति सहि बाटोमा जान नसक्दा अनेक खालका समस्या आउने सम्भावना देखिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय सहमतीको कुरा उठाइरहेका छन् । यता एमालेका नेताहरुले एमाले बिना कस्तो राष्ट्रिय सहमती बनाउन खोजेको भनेर प्रश्न उठाइरहेको छ । आज दलहरु आ आफनो स्वार्थमा लिप्त छन् । राष्ट्रिय सहमतीको नाममा राजनीतिक दल र तिनका नेताहरुले मुलुक लुटने काम गर्दै आएका छन् । आलोपालो सत्तामा जानेहरुले देशको ढुकुटी सिध्याएर मुलुक थप संकटमा पर्दैछ । अब देशको बारेमा चिन्ता गर्ने राजनेताको खाँचो छ । अहिलेका ...
अब राष्ट्रपति व्यक्ति नभएर संस्था बन्न सक्नुपर्छ
विचार, समाचार

अब राष्ट्रपति व्यक्ति नभएर संस्था बन्न सक्नुपर्छ

-डा.डिआर उपाध्याय, काठमाडौं । संघीय गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा नेपाली काँग्रेसका बरिष्ठ नेता राम चन्द्र पौडेल निर्वाचित हुनु भएको छ । आठ दलीय गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेका तर्फबाट सुवासचन्द्र नेम्बाङ उक्त पदका लागि उम्मेदवार बन्नु भएको थियो । गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित हुनु खुसीको कुरा हो । राजनीतिक संघर्षको इतिहास बोकेको व्यक्ति राष्ट्रपति हुनु भनेको देशको इज्जत बढनु हो । राजनीतिक योगदानको हिसाबले राम चन्द्र पौडेल मुलुकको सर्वोच्च पदमा पुग्नु मुलुकका लागी राम्रो कुरा हो । स्वच्छ छवि हुनुभएका पौडेलको मूल्यांकन अब हुने छ । उहाँले राष्ट्राध्यक्षका रूपमा आगामी दिनमा कस्तो भूमिका खेल्दै जानु हुन्छ त्यो भने हेर्न बाँकी छ । गणतन्त्रलाई संस्थागत गरेर अघि बढनु पर्ने बेला भएको छ ।यति बेला केही ...
देश अस्थिरता तर्फ धकेलिने ठूलो सम्भावना
विचार, समाचार

देश अस्थिरता तर्फ धकेलिने ठूलो सम्भावना

-डा.डिआर उपाध्याय, काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बनेको सरकारले त्यति राम्रो काम गरेर देखाउन सकेन । अहिले सम्म हेर्दा सरकारको आगामी यात्रा त्यति सहज हुने कुनै संकेत देखिदैन । दलहरु पुरै सत्ता स्वार्थको राजनीतिमा चुर्लुम्म डुबेका छन । राष्ट्रपतिको बिषयलाई लिएर दलहरु छिन्न भिन्न हुने संकेत देखिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति नेपाली काँग्रेसको हातमा पार्ने दाउ खेल्दै छन । हिजो पनि प्रधानमन्त्री दाहाल र नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा बीच बालुवाटारमा गम्भिर बार्ता भएको समाचार आएको छ । यसो भयो भने नेकपा एमाले बिच्किने र सत्ता गठबन्धन धरापमा पर्ने संकेत देखिएको छ । प्रधानमन्त्री दाहाल आफै पनि अस्थिर स्वभावका छन । उनको कारणले देश अस्थिरता तर्फ धकेलिने ठूलो सम्भावना देखिएको छ । सत्ता गठबन्धन निर्माण गर्दा एमाले संग गरेको भद्र सहमति प्...
रबि देशमा केही गरेर देखाउछु भन्ने आँटीला ब्यक्ति
राजनीति, विचार, समाचार

रबि देशमा केही गरेर देखाउछु भन्ने आँटीला ब्यक्ति

-डा.डिआर उपाध्याय, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले केही दिन अघि भब्य पत्रकार सम्मेलन आयोजना गरेका थिए । मैले त्यति ठूलो भब्य पत्रकार सम्मेलन अहिले सम्म देखेको थिएन । पत्रकार र क्यामराको भिड मात्र देखिन्थ्यो । जव लामिछाने मूलधारका मिडिया र पत्रकार बिरुद्ध खनिए त्यसले तरंग ल्याइदियो । कान्तिपुरका मालिक देखि अन्नपूर्णका मालिक लगायत पत्रकार समेत गरि १२ भाइको खेदो खने । ऋषि धमलालाई जोक्कर समेत भन्न भ्याए । लामिछानेले बोलेका कुराको तरंग अझै सेलाएको छैन । रविको पक्ष र बिपक्षमा मत जाहेर गर्नेको कुनै कमी छैन । पत्रकार महासंघले प्रेस स्वतन्त्रता माथिको प्रहार भन्दै बिज्ञप्ती नै निकाल्यो । पत्रकार सम्मेलनमा रबि आर्कोशमा आए । आर्कोशमा नआइ नम्र भएर बोलेको भए राम्रो हुन्थ्यो । त्यति अडकल उनमा भएन । रबि साहसि र आँटीला ब्यक्ति हुन । रबिले १२ भाई बिरुद्ध लगाएको आरोपका बा...
नयाँ अनुहार मन्त्रीमा छन् अब के हुन्छ ?
विचार, समाचार

नयाँ अनुहार मन्त्रीमा छन् अब के हुन्छ ?

-डा.डिआर उपाध्याय, अब नेपालको राजनीति सहि ढंगले चल्नु पर्छ । हिजो जसरी चल्यो त्यसरी हुदैन । मुलुक परिबर्तनशिल छ । परिवर्तन संगै जनताका आकाँक्षा पनि बढेका हुन्छन । अब सबै भन्दा पहिला राजनीतिक दल र तिनका नेताहरु सुर्धन आबश्यक देखियो । नेताहरुमा सुधार आयो भने पक्कै देश बन्छ । आज देशमा नेताहरु प्रति कार्यकर्ताको विश्वास छैन। कारण के हो भने नेताहरुले मुलुक प्रति खासै राम्रो काम गरेर देखाउन सकेनन् । नेताहरुले जनताको मन जित्न सक्नु पर्छ । त्यसो भयो भने मात्र मुलुकको भबिश्य बन्छ । आज देशमा विश्वासको संकट छ । सबै राजनीतिक दलका कार्यकर्ताहरु त्यति सन्तुष्टि छैनन् । नेताहरुले आफना आसेपासे मात्र हेरे कार्यकर्ता हेरेनन् । यो कुरा त सत्य हो नी । राजनीतिका कारण हरेक कुरा बिग्रदै गएको छ । राजनीति सही बाटोमा जानु पर्छ भन्ने हाम्रो कुरा हो । राजनीतिक बाटो सहि भयो भने मात्र सबै कुरा सहि बाटोमा आउँछ । य...
संवाद, सहमती र सहकार्यको राजनीति
विचार, समाचार

संवाद, सहमती र सहकार्यको राजनीति

-डा.डिआर उपाध्याय, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ। प्रधानमन्त्री प्रचण्डलाई विपक्षमा रहेको नेपाली कांग्रेसले समेत विश्वासको मत दिएको छ । नेपालको राजनीति फेरि सहकार्यको बाटोमा जान लागेको त होइन भन्ने प्रश्न पनि उठने गरेका छन । संवाद, सहमती र सहकार्य आजको आबश्यकता पनि हो । देश बनाउने भनेको सबै मिलेर हो एक्लै देश बनाउन सकिदैन । मुलुकलाई नयाँ युगमा प्रवेश गराउन सबै राजनीतिक दलहरु मिलेर जानु पर्छ । इतिहासमा संवाद, सहमती र सहकार्यको राजनीतिले ठूला ठूला उपलब्धिहरु हासिल भएका छन । इतिहास बाट पाठ सिकेर दलहरु अघि बढदा राम्रै हुन्छ । नेपाली राजनीति सहमति, सहकार्यको बाटोमा अगाडि बढ्ने सम्भावना देखिएको छ । प्रधानमन्त्री प्रचण्डमाथि संसद्मा देखिएको भारी विश्वासको मत यसको आधार हो । देशको समग्र विकास र सुशासन आजको आबश्यकता हो । अब मुलुकले न...
राजनीतिक धुब्रिकरण
राजनीति, विचार, समाचार

राजनीतिक धुब्रिकरण

-डा.डिआर उपाध्याय, नेकपा एमाले सहितका पार्टीको समर्थनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल तेस्रो पटक प्रधानमन्त्री हुन सफल भएका छन । आज ४ बजे उनले सफथ लिने कार्यक्रम छ । गठबन्धन टोडेर उनी सत्ता स्वार्थका लागी जे गर्न पनि तयार भए । आखिर सत्ताका लागी जे पनि हँुदो रहेछ । राजनीतिक दलमा इमान भन्ने कुरा नै छैन । चुनावको बेलामा गठबन्धनको नाममा भोट मागेर चुनाव जित्ने अहिले आएर सत्ता स्वार्थका लागी गठबन्धन टोडने यो कस्तो राजनीतिक संस्कार हो ? अब भावि पुस्ताले यस्तो राजनीति संस्कारबाट के सिक्ने ? देश र जनताको भन्दा नेताहरुलाई आफनै कुर्सि प्यारो लागेको छ । कुर्सि भन्दा अरु नेताहरुले देखेनन् । यसरी देश कसरी बन्छ ? अब गठन हुने सरकारमा धेरै भन्दा धेरै दलको सहभागीता हुने छ । दलहरुको चित्त बुझाउन पनि प्रचण्डलाई ठूलै चुनौति हुने छ । अब बन्ने सरकारले देश र जनताको पक्षमा के कति काम गरेर दे...
सहमतिको सरकार बनाउन सम्भावना र चुनौति
विचार, समाचार

सहमतिको सरकार बनाउन सम्भावना र चुनौति

-डा.डिआर उपाध्याय, आमनिर्वाचन सम्पन्न भई नतिजा आइसकेको छ। नेपाली जनताको आशा, भरोसालाई मूर्त रूप दिने कार्य अब राजनीतिक दलले गर्नु जरुरी छ। अब देशको बिकास र समृद्धि तर्फ राजनीतिक दलहरुले प्रभावकारी भूमिका निर्वाह गर्नु पर्ने बेला आएको छ । अब कुरा मात्र गरेर हुदैन, ब्यवहारमा देखाउनु पर्ने बेला भएको छ । अहिलेको आमनिर्वाचनमा कुनै पनि पार्टीले बहुमत आर्जन गर्न सकेको छैन । त्यसो भएकोले अब मिलीजुली अर्थात् सहमतिको सरकार गठन गर्नु पर्ने बाध्यता उत्पन्न भएको छ । अहिलेको निर्वाचनको जनादेश राजनीतिक दलबीच मिलेर काम गर्नमा केन्द्रित छ। सबै राजनीतिक दल मिलेर जादा देशलाई फाइदा हुने देखिन्छ । दलहरु मिल्न नसके देशलाई ठूलो घाटा हुने अबस्था आउन सक्छ । समृद्धि एवं विकास नै जनताको चाहाना हो । त्यस कारण सबै राजनीतिक दल मिलेर जाँदा राजनीतिक रूपमा राम्रो हुने देखिन्छ। एकता अनि सहमति नै देश विकासको मूल मर्म हो ।...