संयुक्त विद्यार्थी संगठनले घोषणा गरे आन्दोलनका कार्यक्रमहरु
शिक्षामा निजीकरण र व्यापारीकरणको अन्त्य सहितको समग्र शिक्षा ऐन ल्याउन ८ विद्यार्थी संगठनले घोषणा गरे आन्दोलनका कार्यक्रमहरु राज्यले शिक्षालाई मौलिक अधिकारको रुपमा स्वीकार गरिसकेको परिप्रेक्षमा शिक्षाको पूर्ण दायित्व राज्यले वहन गर्ने गरी शिक्षामा निजीकरण र व्यापारीकरणको अन्त्य सहितको समग्र शिक्षा ऐन ल्याउन माग गर्दै ८ विद्यार्थी संगठनले आज पत्रकार सम्मेलन गर्दै आन्दोलनका कार्यक्रमहरु घोसना गरेका छन् ।
विश्वविद्यालयमा राजनीतिक भागबण्डाको अन्त्य गर्दै कुलपतीदेखि ,क्याम्पसका पदाधिकारी सम्म खुल्ला प्रतिस्पर्धाको आधारमा नियुक्ती गर्ने प्रावधान सहित शिक्षित जनशक्ति बेरोजगार हुनुपर्ने र शिक्षाका नाममा प्रतिभा र पुँजी पलाएन हुने समस्याको समाधान दिने गरी विश्वविद्यालय ऐन को पनि माग गरेका छन् । त्यसतै विश्वविद्यालयको शैक्षिक क्यालेन्डरलाई एकरुपतामा निर्माण गरी अनिवार्य कार्यान्वयन गर्न पनि माग गर...