समाचार Archives - Intra Khabar
मङ्लबार, अशोज ९, २०८०

समाचार

मोहम्मद जुनैद नेपाल मुस्लिम संघको उपाध्यक्षमा निर्वाचित
मधेश प्रदेश, समाचार

मोहम्मद जुनैद नेपाल मुस्लिम संघको उपाध्यक्षमा निर्वाचित

काठमाडौं । नेपाली काङ्ग्रेस निकट भातृ संगठन नेपाल मुस्लिम संघको उपाध्यक्षमा रौतहटका मोहम्मद जुनैद निर्वाचित भएका छन् । उनी संघको तेस्रो महाधिवेशनबाट निर्वाचित भएका हुन् । संघको सँस्थापक सदस्य समेत रहेका उनी बितेका तीन कार्यकाल कोषाध्यक्षको रुपमा सक्रिय रहदै आएका थिए । गत असोज ५ गते देखि ८  गते सम्म चलेको मुस्लिम संघको महाधिवेशनले जुनैदलाई निर्विरोध उपाध्यक्षमा निर्वाचित गरेको हो । नेपाली काङ्ग्रेसको महाधिवेशन प्रतिनिधि समेत रहेका जुनैद एक कुशल वैदेशिक रोजगार व्यावसायी समेत हुन् । लामो समय देखि नेपाल, मलेसिया लगायतका विभिन्न मुलुकहरूमा व्यवसाय गर्दै आएका उनले समग्र मुस्लिम समुदायको हक हितका पक्षमा समेत आवाज उठाउदै आएका छन् । रौतहटका स्थानीय बासिन्दा जुनैद आफ्नो जिल्लाको बारेमा समेत उत्तिकै चासो राख्दछन । जिल्ला बासिको सुख दुखमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा साथ दिदै आएका उनी एक इम...
‘हे दैव’ को म्युजिकल फिल्म रिलिज(भिडियो)
मनोरन्जन, समाचार

‘हे दैव’ को म्युजिकल फिल्म रिलिज(भिडियो)

सांगीतिक दुनियाँमा आफ्नो भविष्य बनाउन अघि बढेको समयमा कार दुर्घटनामा परी २६ वर्षको उमेरमा निधन भएका सुरेश केरुङको सम्झनामा उनको परिवारले सांगीतिक चलचित्र बनाएको छ । शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरी ‘हे दैव’ शीर्षकको सो म्युजिकल फिल्म रिलिज गरिएको छ । भुटानी शरणार्थीको रूपमा झापाको बेलडाँगीबाट अमेरिकाको एटलान्टा पुगेका स्व. केरुङको वास्तविक कथामा आधारित सो चलचित्र सार्वजनिक कार्यक्रममा केरुङको परिवारसँग नजिक भएका गायक राजेश पायल राई भक्कानिए । सुरेशसँगका पलहरू सम्झिँदै राईले केरुङ परिवार आफ्नै परिवार जस्तै भएको बताए । उनले गत वर्ष निधन भएका सुरेशको परिवारसँगको भावनात्मक सम्बन्धका कारण उनीहरू बस्ने सहर एटलान्टामा हुने सबै कार्यक्रम रद्द गरेको बताए । केरुङ परिवार भने रिलिज कार्यक्रममा उपस्थित थिएनन् । परिवारको प्रतिनिधित्व पनि गायक राईले नै गरेका थिए । कार्यक्रममा...
अर्जुन कम्प्लेक्समा गरिमा युनिसेक्स सैलुन एण्ड बुटिक सञ्चालनमा
आर्थिक, समाचार

अर्जुन कम्प्लेक्समा गरिमा युनिसेक्स सैलुन एण्ड बुटिक सञ्चालनमा

असोज ६, काठमाडौ । काँडाघारी बिरेन्द्र चोकमा रहेको  अर्जुन कम्प्लेक्समा बदलिदो फेसन शैलीलाई मध्यनजर राख्दै गरिमा युनिसेक्स सैलुन एण्ड गरिमा बुटिक सञ्चालनमा आएको छ । गरिमा युनिसेक्स सैलुन उद्घाटन नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको सचिव महिला उद्यमी तथा बरिष्ठ ब्युटिशियन फेसियल हाउसकी प्रबन्ध निर्देशक सुषमा महरा गरिन् । महराले रिबन काटेर गरिमा युनिसेक्स सैलुन एण्ड बुटिकको औपचारिक सुभारम्भ गर्दै यसका सञ्चालकलाई सफलताको शुभकामना दिइन् । विशेषगरी महिलाको व्यक्तित्व र नेतृत्व विकास सम्बन्धमा बुटिकले धेरै अर्थ राख्छ । यसले महिलाहरुको व्यक्तित्व विकाससँगै उनीहरुलाई स्वरोजगार बनाउन पनि भूमिका खेलिरहेको छ,’ महराले बताउनुभयो । गरिमा युनिसेक्स सैलुन एण्ड बुटिक सञ्चालकलाई व्यवसायिक रुपमा पनि यसले फाइदा पुर्‍याओस् । बिगत लामो समय देखी यस क्षेत्रमा रहेर व्यवसायीक रुपमा व्यवसाय संचालन गर्दै आएकी ...
युएइका युवा व्यवसायी रमेश श्रेष्ठद्वारा एनआरएनएको मध्यपूर्व संयोजकमा उम्मेदवारी घोषणा
आर्थिक, समाचार

युएइका युवा व्यवसायी रमेश श्रेष्ठद्वारा एनआरएनएको मध्यपूर्व संयोजकमा उम्मेदवारी घोषणा

दुबइ।  युएइका युवा व्यवसायी रमेश श्रेष्ठले गैरआवासीय नेपाली संघ (एनआरएनए)को आसन्न निर्वाचनका लागि मध्यपूर्व संयोजकमा उम्मेदवारी उम्मेदवारी घोषणा गरेका छन् । श्रेष्ठले एनअनारएको आगामी ११ औं अन्तरराष्ट्रिय महाधिवेशनमा २०२३–२०२५ कार्यकालका लागि आठ बुँदे प्रतिबद्धता जारी गर्दै उम्मेदवारी घोषणा गरेका हुन् । उनी लामो समयदेखि मध्यपूर्वको मात्र नभई विश्वकै व्यापारिक केन्द्रका रूपमा रहेको मुलुक यूएइ (दुबइ)मा रहँदै गर्दा विभिन्न तवरले सामाजिक कार्यमा आबद्ध भएर काम गरिरहेका छन् । उम्मेदवारी घोषणा गर्दै श्रेष्ठले भने, ‘लामो समयदेखि एनआरएनए यूएइ विभिन्न तहमा रहँदै मैले एनआरएनए युएइको नेतृत्व गर्दा र तत्पश्चात समेत संस्थाको हित र सामाजिक भावले गरेका कार्यहरूको मूल्यांकन गरिरहनुभएका एनआरएनए मध्यपूर्व र विश्वव्यापी एनआरएनएमा आबद्ध अग्रज व्यक्तित्वहरू तथा समकालीन साथीहरू समेतको सल्लाह सुझाब र आग्रहला...
उद्योग वाणिज्य संघ काठमाडौंको सचिवमा बरिष्ठ ब्युटिशियन सुषमा महरा निर्वाचित
आर्थिक, समाचार

उद्योग वाणिज्य संघ काठमाडौंको सचिवमा बरिष्ठ ब्युटिशियन सुषमा महरा निर्वाचित

काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको सचिवमा महिला उद्यमी तथा बरिष्ठ ब्युटिशियन सुषमा महरा निर्वाचित भएकी छन् । फेसियल हाउसकी प्रबन्ध निर्देशक महराले यस अगाडि संघको कोषाध्यक्ष लगायत पदमा रहेर काम गरिसकेकी छन् । सोमबार सुरु भएको संघको निर्वाचन प्रक्रिया अन्तर्गतको मनोनयनमा अध्यक्ष सहित सबै पद निर्विरोध निर्वाचित भएको थियोे । यस्तो छ:  नयाँ कार्य समिति अध्यक्षमा दिनेश श्रेष्ठ उपाध्यक्षमा रमानाथ श्रेष्ठ, राजेन्द्र शेरचन, जय सिवाकोटी, महासचिवमा दुर्गाराज श्रेष्ठ,सचिवमा शुष्मा महरा, कोषाध्यक्षमा प्रदीपमान प्रधान र सह-कोषाध्यक्षमा नानीराज घिमिरे सदस्यहरुमा प्रेमहरि मैनाली, सुरेन्द्रभक्त श्रेष्ठ, सागर शाक्य, कुशन प्रधान, राजेन्द्र संग्रौला, दीपक भण्डारी, शिशीर गौतम, दीपक भण्डारी, महेन्द्र गोयल, सदीष श्रेष्ठ र उज्ववलजंग पराक्रम शाह निर्विरोध निर्वाचित भएका हुन् ।...
असोज २६ गते सहारा ग्रुप पाँचौं सगरमाथा म्युजिक अवार्ड हुने
मनोरन्जन, समाचार

असोज २६ गते सहारा ग्रुप पाँचौं सगरमाथा म्युजिक अवार्ड हुने

पाँचौ संस्करणको सहारा ग्रुप सगरमाथा म्युजिक अवार्ड २०८० असोज २६ गते शुक्रबार हुने भएको छ । चलचित्र विकास वोर्डको हलमा हुने आयोजक संस्थाद्धारा जारी विज्ञप्तिम जनाइएको छ । अवार्डमा राष्ट्रिय, गजल, चलचित्र, आधुनिक, लोक दोहोरी र पप विधाम १६५ जना कलाकारहरु प्रतिस्पर्धामा रहेका छन् । ‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराको साथ अर्थ नेपाल प्रालिको आयोजनामा हुने अवार्डमा टोखा नगरपालिकाको सहकार्य रहेको छ भने सहारा गु्रपले टाइटल स्पोन्सर गरेको छ । ज्योति विकास बैंक प्रस्तुत कर्ताको रुपमा रहेको छ । सगरमाथा म्युजिक अवार्डका चार संस्करण भब्य रुपमा सम्पन्न भइसकेको छ । अवार्डमा नेपाली गीत संगीतको क्षेत्रमा योगदान पु¥याएका एक जना विशिष्ट व्यक्तिलाई लाईफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने छभने एक जना अग्रज रंग पत्रकारलाई नगदसहित रज...
एसिया प्यासिफिक क्षेत्रको संयोजकका उम्मेदवार पौडेलको प्रतिवद्धता
आर्थिक, समाचार

एसिया प्यासिफिक क्षेत्रको संयोजकका उम्मेदवार पौडेलको प्रतिवद्धता

समीर लामा,काठमाडौ । एनआरएनए जापानको निवर्तमान अध्यक्ष शिवप्रसाद पौडेलले एसिया प्यासिफिक क्षेत्रको संयोजक पदको उम्मेदवारी घोषणा गरे सङगै काम गर्ने योजना सहितको प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन । चुनाव हुन केही हप्ता मात्रै बाकी रहेकाले एसिया प्यासिफिक क्षेत्रमा छरिएर बसेका सम्पुर्ण मतदाताहरुलाइ भोटको समेत अपिल गरेका छन । कोभिड -19 को बेला जापानमा रहेका थुप्रै नेपालीहरुलाइ खोप ब्यवस्थापन देखि नेपाल आउन सहज बाताबरण समेत मिलाइ सबैको नजरमा पर्न सफल भएका कारण आफुले जित्नेमा बिश्वस्त रहेको पौडेलले जानकारी दिएका छन। प्रतिबद्धता पत्र १- वैदेशिक रोज़गारलाई सुरक्षित र मर्यादित बनाऊनको लागी सम्बन्धित निकायहरुमा पहल गर्ने। २) श्रमिकको हक अधिकारको लागि बिचौलियाको अनावश्यक हस्तक्षेप र सम्बन्धित कम्पनीबाट पिडित बनाईने समस्या समाधानको लागि सचेतनामूलक कार्यक्रम संचालन गरिने । ३) विदेशमा जाने ...
उपरथी श्रेष्ठले ल्याए ‘राष्ट्रिय एकताको प्रतीक–वीर नेपाली सेना’(भिडियो)
मनोरन्जन, समाचार

उपरथी श्रेष्ठले ल्याए ‘राष्ट्रिय एकताको प्रतीक–वीर नेपाली सेना’(भिडियो)

नेपाली सेनाका उपरथी बाबुराम श्रेष्ठद्वारा रचना गरिएको ‘राष्ट्रिय एकताको प्रतीक–वीर नेपाली सेना’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । प्रधानसेनापति प्रभुराम शर्माले सैनिक मुख्यालय जङ्गीअड्डामा आयोजित समारोहमा युवा सङ्गीतकार राजेन्द्र बजगाइँले संगीत दिनुभएको उक्त म्युजिक भिडियो सार्वजनिक गर्नु भएको हो । नेपाली सेनाको कर्तव्यपरायण तथा योगदानबारे वर्णित र राष्ट्रिय भावनाबाट ओत प्रोत सो कृतिमा नेपाली सेनाको पहिचान, एकता र वीरता गाथा समेटिएको छ । नेपालको एकीकरण अभियानका सिलसिलामा आजभन्दा करिब दुई सय ६१ वर्षअघि स्थापित सेनाले आफ्नो स्थापनाकालदेखि नै निःस्वार्थ भावले देश र जनताको कल्याणको काम गर्दै आएको झल्को भिडियोमा प्रस्तुत गरिएको छ । स्रष्टा श्रेष्ठले एक वर्षअघि रचना गरिएको गीतलाई हाल आएर म्युजिक भिडियो मार्फत सार्वजनिक गरिएको हो । नेपाली सेनाका सैनिक ब्यान्डका प्रमुख सेनानी दिन...
‘जिन्दगी यस्तै त हो कान्छा’: युवराज अधिकारी
विचार, समाचार

‘जिन्दगी यस्तै त हो कान्छा’: युवराज अधिकारी

जिन्दगी यस्तै त हो कान्छा       जिन्दगी यस्तै त हो कान्छा उमेर चढ्दै गएपछि सन्तान परदेशिएपछि रुखोसुखो घर कटेरामै बाँधिएपछि बिग्रेको बाटोमा चिप्लेपछिघरि–घरि लडिन्छ उठ्यो–लड्खडाएर फेरि हिँड्यो यस्तै त छ हो कान्छा यो जिन्दगी बाउबाजेको बिँडो थामी खाको कहिलेकाहीँ त लाग्छ पुरानो बिग्रेको मोटरजस्तो एउटा चक्का पञ्चर हुन्छ टाल्यो काम चलायो घरिघरि हावा खुस्किन्छ बनायो फेरि स्लिप खान्छ स्टेरिङ नै बटारिने गरी ठोकठाक गरेर दगुर्यायो फेरि कहिले त अँध्यारोमा हेड लाइट नै बल्दैन गुलुब जलेछ भन्यो मधुरो साइड लाइटले जेनतेन बाटो धान्यो लोडसेडिङ हो क्यारे झ्याप्प–झ्याप्प बत्ति जाने टुकी बालेर अलि–अलि फुटेको निक्कै पहिला नेपाल शहर जाँदा छोराले हाल्देको पावरको चश्माले काम चलाएजस्तै अलिक अप्ठेरो बाटोमा त जिउ पनि हल्लिन्छ एक नम्बर गियरमा हिँड्दा पनि, पुरानो मोटरको हर्न बाहेक...
ग्लोवल टुरिजम प्रोमोसन काउन्सीलले तीजको तीज मेलाको आयोजना गर्दै
मनोरन्जन, समाचार

ग्लोवल टुरिजम प्रोमोसन काउन्सीलले तीजको तीज मेलाको आयोजना गर्दै

ग्लोवल टुुरिजम प्रोमोसन काउन्सीलले तीजको अवसर पारेर तीज मेलाको आयोजना गर्ने भएको छ । भाद्र ३० गते आयोजना हुने कार्यक्रममा ख्याती पाएका कलाकारले प्रस्तुति दिने छन् । कार्यक्रममा बिभिन्न पेशा ब्यावसायमा ख्याती कमाएका महिला दिदी बहिनीहरुको उपस्थिति रहने आयोजकले जनाएको छ । कार्यक्रमलाई मनोरञ्जनात्मक बनाउन बिभिन्न खेलसमेत खेलाइने छ । यसका अलावा प्रतियोगितात्मक खेलमा बिजयीलाई बिषेश पुरस्कार र सम्मनकोे ब्यावस्था पनि गरिएको आयोजकले जनाएको छ । निभिया मुख्य प्रायोजक र एन प्लस प्रोफेसनल, २ पीएम नुडल्स, यूटर्न इन्टरनेशनल, द रेमण्ड शप रहेका छन् । मिडिया पार्टनरमा निखिला मिडिया र टेलिभिजन पार्टनरमा मूनलाईट टेलिभिजन रहेको छ । ग्लेवल टुरिजम र गन्तब्य फेमिलिले आयोजना गरेको कार्यक्रम पिंगलास्थानमा रहेको राइन होटलमा हुने छ ।...