अन्तरराष्ट्रिय Archives - Intra Khabar
मङ्लबार, मंसिर १९, २०८०

अन्तरराष्ट्रिय

प्रिमियर लिगकाे उपाधि म्यानचेस्टर सिटीलाई
अन्तरराष्ट्रिय, खेलकुद, समाचार

प्रिमियर लिगकाे उपाधि म्यानचेस्टर सिटीलाई

यो सिजनको इंग्लिस प्रिमियर लिगको उपाधि म्यानचेस्टर सिटीले जितेको छ । गएराति भएको खेलमा एस्टन भिल्लालाई ३-२ गोल अन्तरले पराजित गर्दै उपाधि सिटीले हात पारेको हो । सिजनको अन्तिम खेलमा २ गोलले पछि परेको स्थितिबाट उत्कृष्ट पुनरागमन गर्दै सिटी च्याम्पियन बन्यो । एक समय २-० ले पछि परेको सिटी उपाधि गुमाउने संघारमा रहेको थियो । तर, खेलकाे अन्त्यतिर सिटीले सानदार पुनरागमन गरे । ३७औं मिनेटमा मट्टी कसले गोल गर्दै भिल्लालाई अग्रता दिलाएका थिए । ६९औं मिनेटमा फिलिप कोउटिन्होले गोल गर्दै भिल्लाको अग्रता दोब्बर बनाएका थिए । त्यसपछि सिटीले पाँच मिनेटमा तीन गोल गर्यो । ७६औं मिनेटमा इल्काए गुन्डोगनले गोल गर्दै सिटीलाई खेलमा फर्काउने संकेत दिलाए । त्यसको दुई मिनेट नबित्दै सिटीले बराबरी गोल पनि फर्कायो । ७९औँ मिनेटमा रोड्रीले गोल गरेपछि खेल बराबरीमा आएको थियो । ८१औँ मिनेटमा गुन्डोगनले गोल गर्दै सिटीलाई...