राजनीति Archives - Intra Khabar
मङ्लबार, मंसिर १९, २०८०

राजनीति

सांस्कृतिक जनमत संघको संयोजकमा सन्तोष
राजनीति, समाचार

सांस्कृतिक जनमत संघको संयोजकमा सन्तोष

जनमत पार्टीले सांस्कृतिक जनमत संघको केन्द्रिय संयोजक समिति घोषणा गरिएको छ। सोमबार काठमाडौंको बानेश्वरस्थित सिद्धार्थ फुडल्याण्डमा आयोजित एक कार्यक्रमबीच जनमत पार्टीले सांस्कृतिक जनमत संघको केन्द्रिय समिति घोषणा गरेका हुन। सन्तोष राज सहनीलाई केन्द्रिय संयोजकको जिम्मेवारी दिएको हो। त्यसैगरी सह-संयोजकमा सेलिना कुँवर,सचिन पटेल,अरुण कान्त यादव , सचीवमा बन्दे प्रसाद साह ,सह-सचिवमा नितु पटेल,बिमल साह,राम नरेश सहनी रहेको छ।भने कोषाध्यक्षमा तनुजा चौरसिया रहेकी छिन् । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।सो कार्यक्रममा जनमत पार्टीका राष्ट्रिय सचिव तथा मधेश प्रदेशका सांसद संजय यादव,पार्टीका कोषाध्यक्ष सुरेन्द्र नारायण यादव,राष्ट्रिय प्रवक्ता डा.शरद सिंह यादव,चिकित्सक जनमत संघका केन्द्रिय संयोजक डा.सीके सिंह,नेता आर के राउत र पार्टीकी महिला ...
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दा
राजनीति, विचार, समाचार

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दा

-डा.डिआर उपाध्याय, काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा संलग्न सबै कानुनि दायरामा आउनु पर्छ । यो मानव तस्कर हो । मानव तस्कर गर्नेलाई कानुन बमोजिम कारवाही अघि बढाउनु पर्छ । कसैको दवाव र प्रभावमा परेर यो मुद्धालाई खुकुलो बनाउने काम गर्नु उचित हुने छैन । बहालवाला सचिव र राजनीतिक दलकै नेता यस्तो धन्दामा फस्नु भनेको देशकै बेइजत हो । उच्चपदस्थ कर्मचारीको संलग्नता भेटिएपछि अब अरु थप अनुसन्धान गर्नु पर्ने आबश्यकता देखिएको छ । यसरी उच्चपदस्थ कर्मचारी र ठूला नेता गैरकानुनी धन्दामा लाग्न लाज लाग्नु पर्ने हो । देशकै पूर्व उपप्रधानमन्त्री भइसकेका नेकपा एमालेका सचिव टोप बहादुर रायमाझी र बहालवाला सचिवको यो मुद्धामा नाम जोडिनु भनेको आश्र्यको बिषय बनेको छ । रायमाझी अझै सम्म फरार छन । यद्यपि, नेपालमा भ्रष्टाचारजन्य घटनामा उच्च राजनीतिक व्यक्ति र उच्च तहका प्र...
भारतमा डा. पूनम कर्णलाई महादेवी वर्मा स्मृति पुरस्कार
राजनीति, समाचार

भारतमा डा. पूनम कर्णलाई महादेवी वर्मा स्मृति पुरस्कार

दिल्ली । महादेवी वर्मा स्मृति पुरस्कार डा. पूनम कर्णसहित नेपालका चारजना सेलिब्रेटीले पाएका छन् । जिकेसी नेपालकी अध्यक्ष डा. पूनम कर्णसहित नेपालका चार जना व्यक्तित्वहरुले भारतको नयाँ दिल्लीस्थित ग्लोबल कायस्थ सम्मेलनले आयोजना गरेको महादेवी वर्मा स्मृति सम्मान पुरस्कार प्राप्त गरेका हुन । नयाँ दिल्लीमा भएको ग्लोबल कायस्थ सम्मेलन (जिकेसी)ले महादेवी वर्मा स्मृति सम्मान–२०२३ बाट ३५ जना अन्य देशका प्रतिष्ठित व्यक्तित्वलाई समेत सम्मान गरेको थियो । भारत सरकारका पूर्व केन्द्रीय मन्त्री तथा सांसद शत्रुघन सिन्हाको प्रमुख आतिथ्यतमा आयोजित उक्त सम्मेलनमा उनले महादेवी वर्माको व्यक्तित्व र कार्यको चर्चा गर्दै कायस्थ समुदायले हरेक क्षेत्रमा अगुवाई गर्दै आएको तर आज यो समुदाय एकीकरण हुन नसक्दा धेरै घाटा बेहोर्नुपरेको बताए । आज कायस्थ राष्ट्रिय स्तरमा एकजुट हुनु आजको आवश्यकता भएको उनले भने । जीकेसीका व...
दलहरुले देश बनाउने कुरामा खासै ध्यान दिएको देखिदैन
राजनीति, समाचार

दलहरुले देश बनाउने कुरामा खासै ध्यान दिएको देखिदैन

-डा.डिआर उपाध्याय, राजनीतिक दलहरुले देश बनाउने कुरामा खासै ध्यान दिएको देखिदैन । आज देश संकट तर्फ उन्मुख हुदैछ । देशको अर्थतन्त्र डामाडोल भएको संकेत अर्थसास्त्रीहरुले दिइरहेका छन । अब हामी कता जादै छौ ? देशको अबस्था कता जादै छ ? अब सरकारले कस्तो भूमिका खेल्ने ? यी प्रश्न यति बेला उठने गरेका छन । देशमा ब्यवस्था बदलियो तर जनताको अबस्था नबदलिए पछि ब्यवस्था परिवर्तनको के अर्थ ? राजनीतिक दल र तिनका नेता, टाठाबाठा कार्यकर्ता र आसेपासे बाहेक अरुको अबस्था बदलिन सकेको छैन । मान्छे ज्यूदै आगो लगाएर आफै आत्मदाह गर्न किन बाध्य छन ? यो प्रश्नको खोजिगर्नु पर्छ । देश र जनताको भाग्य र भबिश्य बनाउने कुरामा सबै चिन्तित हुनु पर्ने बेला भएको छ । आज हामी हेरिरहेका छौं, राजनीतिक दलहरुको भूमिका त्यति राम्रो छैन । सत्ता स्वार्थ र ब्यक्तिगत स्वार्थ बाहेक राजनीतिक दलहरु र तिनका नेताहरुले अरु केही हेरेनन् । त्...
रबि देशमा केही गरेर देखाउछु भन्ने आँटीला ब्यक्ति
राजनीति, विचार, समाचार

रबि देशमा केही गरेर देखाउछु भन्ने आँटीला ब्यक्ति

-डा.डिआर उपाध्याय, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले केही दिन अघि भब्य पत्रकार सम्मेलन आयोजना गरेका थिए । मैले त्यति ठूलो भब्य पत्रकार सम्मेलन अहिले सम्म देखेको थिएन । पत्रकार र क्यामराको भिड मात्र देखिन्थ्यो । जव लामिछाने मूलधारका मिडिया र पत्रकार बिरुद्ध खनिए त्यसले तरंग ल्याइदियो । कान्तिपुरका मालिक देखि अन्नपूर्णका मालिक लगायत पत्रकार समेत गरि १२ भाइको खेदो खने । ऋषि धमलालाई जोक्कर समेत भन्न भ्याए । लामिछानेले बोलेका कुराको तरंग अझै सेलाएको छैन । रविको पक्ष र बिपक्षमा मत जाहेर गर्नेको कुनै कमी छैन । पत्रकार महासंघले प्रेस स्वतन्त्रता माथिको प्रहार भन्दै बिज्ञप्ती नै निकाल्यो । पत्रकार सम्मेलनमा रबि आर्कोशमा आए । आर्कोशमा नआइ नम्र भएर बोलेको भए राम्रो हुन्थ्यो । त्यति अडकल उनमा भएन । रबि साहसि र आँटीला ब्यक्ति हुन । रबिले १२ भाई बिरुद्ध लगाएको आरोपका बा...
नेपालमा के छैन ?
राजनीति, समाचार

नेपालमा के छैन ?

-डा.डिआर उपाध्याय, नेपालको राजनीतिमा कति खेर के हुन्छ यसै भन्न सकिदैन । राजनीति दल र तिनका नेताहरु मुलुक प्रति खासै गम्भिर भएको देखिदैन । आज देश आर्थिक, सामाजिक, राजनीतिक सबै हिसावले संकटमा छ । देशमा कुनै एक दलको स्पस्ट बहुमत आउन नसकेकोले गठबन्धन सरकार गठन गर्नु पर्ने बाध्यता हाम्रो सामु छ । अहिले देशमा फेरि नयाँ गठबन्धन सरकार गठन भएको छ । तर यो गठबन्धन सरकारले अझै सम्म पूर्णता पाउन सकेको छैन । बिश्वासको मत प्राप्त गरिसके पछि मन्त्रीपरिषदलाई पूर्णता दिने कुरा पनि बाहिर आएको छ । आज हाम्रो देशमा सबै भन्दा ठूलो दल नेपाली काँग्रेस प्रतिपक्षमा बस्न बाध्य भएको छ भने तेस्रो दल माओवादी केन्द्र सरकारको नेतृत्व गर्न सफल भएको छ । राजनीतिमा जे पनि हुदो रहेछ । गठबन्धनको राजनीतिले मुलुकलाई सहि दिशा तर्फ लान सक्दैन । गठबन्धनको राजनीति जुन सुकै बेला पनि दुरघटना हुन सक्छ । चुनाव अघि नेपाली काँग्रेस स...
जनसरोकारका बिषयमा केही कुरा
राजनीति, समाचार

जनसरोकारका बिषयमा केही कुरा

-डा.डिआर उपाध्याय,  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देश र जनताको भाग्य चम्कने खालका योजना र कार्यक्रम बनाएर एक्सनमा उत्रनु पर्ने आबश्यकता देखिएको छ । मुलुक बनाउन इच्छा शक्ति र आत्मविश्वास चाहिन्छ । त्यो हाम्रो प्रधानमन्त्री पुष्पकमल दाहालमा छ । कुनै लोभ लालच आफूले पनि नराख्ने र अरुलाई पनि त्यस्तो दोभी पापी हुन नदिने काममा प्रधानमन्त्री दाहाल लाग्नु भयो भने देशमा आशाका किरण छाउन सक्थ्यो । आज देशका सामु धेरै समस्या र चुनौती त छदै छन । यी समस्या समाधान गर्न बर्तमान सरकार गम्भिर भएर लाग्नु पर्छ । जनसरोकारका सबै काम दूू्रत गतिमा अघि बढाउनु पर्ने आबश्यकता देखिएको छ । अब राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्व दुवै पक्षले मुलुकको विकास, सुशासन र समृद्धिमा ध्यान दिनु पर्ने भएको छ । अब पनि मुलुक प्रति खेलवाड गर्ने छुट कसैलाई छैन । देश बनाउने हो भने सबैभन्दा पहिला राजनीतिक नेतृत्व नैतिकतवा...
राजनीतिक धुब्रिकरण
राजनीति, विचार, समाचार

राजनीतिक धुब्रिकरण

-डा.डिआर उपाध्याय, नेकपा एमाले सहितका पार्टीको समर्थनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल तेस्रो पटक प्रधानमन्त्री हुन सफल भएका छन । आज ४ बजे उनले सफथ लिने कार्यक्रम छ । गठबन्धन टोडेर उनी सत्ता स्वार्थका लागी जे गर्न पनि तयार भए । आखिर सत्ताका लागी जे पनि हँुदो रहेछ । राजनीतिक दलमा इमान भन्ने कुरा नै छैन । चुनावको बेलामा गठबन्धनको नाममा भोट मागेर चुनाव जित्ने अहिले आएर सत्ता स्वार्थका लागी गठबन्धन टोडने यो कस्तो राजनीतिक संस्कार हो ? अब भावि पुस्ताले यस्तो राजनीति संस्कारबाट के सिक्ने ? देश र जनताको भन्दा नेताहरुलाई आफनै कुर्सि प्यारो लागेको छ । कुर्सि भन्दा अरु नेताहरुले देखेनन् । यसरी देश कसरी बन्छ ? अब गठन हुने सरकारमा धेरै भन्दा धेरै दलको सहभागीता हुने छ । दलहरुको चित्त बुझाउन पनि प्रचण्डलाई ठूलै चुनौति हुने छ । अब बन्ने सरकारले देश र जनताको पक्षमा के कति काम गरेर दे...
अब युवापुस्तालाई सत्ता हस्तान्तरण हुन्छ की हुदैन ?
राजनीति, समाचार

अब युवापुस्तालाई सत्ता हस्तान्तरण हुन्छ की हुदैन ?

-डा.डिआर उपाध्याय, लामो समय देखि युवापुस्तालाई सत्ता हस्तान्तरण गर्नु पर्छ भन्ने बहस चल्दै आएको छ । तर पनि युवापुस्तामा सत्ता हस्तान्तरण हुने कुनै संकेत देखिदैन । नेपाली काँगे्रसको संसदीय दलको नेतामा युवा पुस्ताका नेता गगन थापा पराजित भए । अब उनको प्रधानमन्त्री हुने बाटो रोकिएको छ । नेपाली काँग्रेसमा संसदीय दलको नेता नभई प्रधानमन्त्रीको उम्मेदवार हुन पाइदैन । हाम्रो देशमा अझै पनि पुराना वा बूढा पुस्ता राजनीतिमा हाबी भएका छन । उनीहरुलाई पाखा लगाउन अझै सकिएको छैन । युवा पुस्ता यो देशका कर्णधार हुन । यो देशको नेतृत्व अब युवाको हातमा जानु पर्छ भन्ने हाम्रो मान्नेता हो । बूढा पुस्ताको सत्ता चलाइले देश बन्न सक्दैन । यो कुरा हामी लामो समय देखि भोग्दै पनि आएका छौ । अब बूढा पुस्ताले जनताका समस्या समाधान गर्न सक्दैनन् । यो एक्काइसौँ शताब्दीको युग हो । जनता नयाँ परिवर्तनको खोजिमा छन । अब जनताला...
फ्रि भिसामा मलेसिया होइन, बारा ४ मै रोजगारीको अवसर बनाउछौं –वाग्ले
राजनीति, समाचार

फ्रि भिसामा मलेसिया होइन, बारा ४ मै रोजगारीको अवसर बनाउछौं –वाग्ले

बारा क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य उम्मेदवार ईच्छाबहादुर वाग्लेले फ्रि भिसामा मलेसिया पठाउने नभई आफ्नै क्षेत्रमा रोजगारीको वातावरण बनाउने उम्मेदवारलाई जिताउन आग्रह गरेका छन् । बारा ४ मा चापाकल चुनाब चिन्ह लिएर स्वतन्त्र उम्मेदवारी दिएका काँग्रेस नेता वाग्लेले आफ्ना प्रतिष्पर्धीहरुले मधेशका गरिब परिवारका यूवालाई फ्रि भिसामा मलेसिया पठाउने प्रलोभन बाँडिरहेकाले त्यस्ता उम्मेदवारलाई मत नदिन आग्रह गरेका हुन् । सोमबार बाराको परवानीपुर गाउँपालिकामा आयोजित एक चुनाबी सभालाई सम्बोधन गर्दै उम्मेदवार वाग्लेले आफ्नै परिवारसंग बसेर आफ्नै क्षेत्रमा रोजगारीको वातावरण बनाउन आँफूलाई मतदान गर्न आग्रह गरे ।‘३० हजार कमाउन मलेसिया होइन, बारा ४ मै प्रशस्त अवसर बनाउन सकिन्छ, त्यो वातावरण म बनाउँछु’ वाग्लेले भने ।...