बंगलादेशमा पर्यटन प्रर्वद्धन गर्दै नेपालका फोटो पत्रकार
राष्ट्रिय फोटो पत्रकार समूह नेपालको रजतमहोत्सवका अबसरमा मुलुकको पर्यटन प्रवद्र्धमा गर्ने उद्देश्यले आज बङ्लादेशको ढाकामा फोटो प्रदर्शनी गरिएको छ । उक्त समुहका अध्यक्ष तथा राससका फोटो पत्रकार प्रदीपराज वन्त र कोषाध्यक्ष सागर श्रेष्ठले आज ढाकामा फोटो प्रदर्शनीमार्फत नेपाल घुम्न जाउँ भनी सन्देश प्रवाह गर्नुभएको छ । उहाँहरुले नेपाल आकर्षिक पर्यटकीय क्षेत्र रहेकाले घेमेर मनोरञ्जन लिन आव्हान समेत गर्नुभएको थियो ।
अमेजिङ नेपाल नाम दिएर आज आयोजना गरिएको फोटो प्रदर्शनीमा नेपालका पर्यटकीय क्षेत्रका दुई दर्जन बढी तस्वीरहरु प्रदर्शन गरिएको थियो । समुहका अध्यक्ष वन्तले राष्ट्रिय फोटो पत्रकार समुह स्थापनाको २५ वर्ष पुगेको अबसरमा वार्षिक रुपमा विविध कार्यक्रम गरी मनाउनेक्रममा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ढाकामा फोटो प्रदर्शनी गरिएको जानकारी दिनुभयो ।
राष्ट्रिय फोटो पत्रकार समूह नेपालले बंगलाद...