समाज Archives - Intra Khabar
मङ्लबार, मंसिर १९, २०८०

समाज

चार्डपर्वमा महिलाहरूले प्राकृतिक तथा ग्लोइङ फ्रेस मेकअप गर्नुपर्छ: वरिष्ठ सौन्दर्यविद महरा
समाचार, समाज

चार्डपर्वमा महिलाहरूले प्राकृतिक तथा ग्लोइङ फ्रेस मेकअप गर्नुपर्छ: वरिष्ठ सौन्दर्यविद महरा

काठमाडौं । नेपालको  नम्बर वान ब्युटी सलुन फेसियल हाउसकी सञ्चालिका तथा प्रबन्धक समेत रहेकी महरा देशको धर्मसंकृति बचाउन हरेक पर्वलाई विषेश रूपमा आफूले फोटोमार्फत भए पनि मौलिकता कायम गर्न कोशिस गरेको बताउँछिन् । साथै, यो सांस्कृति तथा रमाइलो फोटोशुटमा नेपाल स्वतन्त्र कानुन व्यवसायी संघकी अध्यक्ष समेत रहेकी अधिवक्ता आकृति रायमाझी पनि जोडिएकी छिन् । सधैं अदालती कामको रापतापबीच रहिरहने रायमाझीले सांस्कृतिक फोटो शुटमार्फत आफ्नो सुन्दरता फोटोमा उतार्न पाएकोमा खुसी व्यक्त गरिन् । ‘दसैँं आम नेपालीहरूको महान पर्व हो, त्यसमा हामी महिलाहरूका लागि थप विशेष हुने गरेको छ । किनभने दुर्गा भवानी पनि महिलानै हुनुहुन्छ, संसार बचाउन दुर्गा भवानीले महिषासुर (राँगाको आकारको एक दानव) को बध गरेको खुसीमा मनाइने पर्व दसैँं हो । सत्यको जितको प्रतिक हो,’ उनले भनिन् । यस्तै, चार्डपर्वको बेला महिलाहरूले प्राय: प्रा...
सिजन मिडियाको १५ औँ स्थापना दिवसमा एशियन प्रोफेशनल अचिभमेन्ट अवार्ड
समाचार, समाज

सिजन मिडियाको १५ औँ स्थापना दिवसमा एशियन प्रोफेशनल अचिभमेन्ट अवार्ड

काठमाडौँ – सिजन मिडिया आफ्नो १५ औँ स्थापना दिवस मनाएको छ । शुक्रबार स्थापना दिवसको अवसरमा होटल हिमालयन कुपन्डोलमा एशियाली देशका सफल व्यवसायीक व्यक्तित्वहरुलाई ‘एशियन प्रोफेशनल अचिभमेन्ट अवार्ड २०२३’ चौथो संस्करण विषयक सम्मान तथा अवार्ड वितरण कार्यक्रम आयोजना सम्पर्न गरेको हो । उक्त कार्यक्रममा प्रमुख अािथि  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विशेष अतिथि  शहरी विकास मन्त्री सीता गुरुङ, विभिन्न दलका सांसदहरु गणेश पराजुली,रामहरि खतिवडा,राजेन्द्र पाण्डे,हितराज पाण्डे, एकनाथ ढकाल साथै व्यवसायीहरु एफएनसिसिआइका अध्यक्ष चन्द्र ढकाल, सिएनआइका अध्यक्ष राजेश अग्रवाल, पन्चकन्या गु्रपका प्रवन्ध निर्देशक प्रदीपकुमार श्रेष्ठ लगायत अन्य व्यवसायीक व्यतित्वहरुको उपस्थिति रहेको थियो । सिजन मिडिया प्रालिको १५औँ वार्षिकोत्सवका अवसरमा आयोजित ‘एशियन प्राफेसनल एचिभ्मेन्ट अवार्ड २०२३’ कार्यक्रमलाई सम्बोधन ग...
विश्वकिर्तिमानी डा.उपाध्यायलाई ‘टीका गोपाल गीतसङ्गीत विशेष सम्मान’
समाचार, समाज

विश्वकिर्तिमानी डा.उपाध्यायलाई ‘टीका गोपाल गीतसङ्गीत विशेष सम्मान’

काठमाडौं । विश्वकिर्तिमानी डा. डीआर उपाध्यायलाई ‘टीका गोपाल गीतसङ्गीत विशेष सम्मान–२०८०’ प्रदान गरिएको छ । बिहीबार काठमाडौंमा भएको एक विशेष समारोहमा प्रथम उपराष्ट्रपति परमानन्द झाले डा. उपाध्यायलाई सो सम्मान पुरस्कार अर्पण गर्नुभएको हो । विशिष्ठ कलाकार लय संग्रौला, साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, वरिष्ठ सङ्गीतकार राजु सिंह, वरिष्ठ गायक सीताराम पोखरेल, कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठ, गायक शिशिर योगीलगायतकाको आतिथ्यता रहेको कार्यक्रममा कीर्तिमानी गीतकार डा. उपाध्यायलाई ‘टीका गोपाल गीतसङ्गीत विशेष सम्मान-२०८०’ प्रदान गरिएको थियो । डा. उपाध्यायलाई नगदसहित सम्मान पुरस्कार प्रदान गरिएको थियो । यो पुरस्कार नेपाली गीतसङ्गीत क्षेत्रको प्रवद्र्धन र स्रष्टालाई प्रोत्साहन एवम् सम्मान गर्ने उद्देश्यले गायक तथा सङ्गीतकार कन्हैया सिंहले आफ्ना माता पिताको नाममा स्थापित गर्नुभए...
ईन्ट्रा फाउण्डेसनका संस्थापक सिएफओ मेघ सुवेदीद्वारा रोहिंग्या शरणार्थीहरुका लागि खाद्यान्न वितरण
समाचार, समाज

ईन्ट्रा फाउण्डेसनका संस्थापक सिएफओ मेघ सुवेदीद्वारा रोहिंग्या शरणार्थीहरुका लागि खाद्यान्न वितरण

ललितपुर । समाजसेवी दम्पती मेघ सुवेदी र मनु सुवेदीद्वारा अमेरिकामा संचालित सामाजिक संस्था सेजल एण्ड सिस्टर एलएलसीले ललितपुर जिल्ला स्थित सुनाकोठीमा रहेका रोहिंग्या मुश्लिम शरणार्थीहरुका लागि खाद्यान्न वितरण गरेको छ । सन् २०१२ देखि आफ्नो देश वर्माबाट लखेटिएर बंगलादेश र भारत हुदै नेपाल पसेका रोहिंग्या मुश्लिम शरणार्थीहरु रहेको सुनाकोठीका शिविरमा आश्रित २०० परिवारलाई चामल,दाल,तेल,नून,चाउचाउ,चिउरा लगायत खाद्यान्न सामाग्री वितरण गरिएको समन्वयकर्ता तथा अभिनेता संजित भण्डारीले जानकारी दिए । २ रोपनी भन्दा वढि जग्गा ५ वर्षका लागि लिजमा लिएर आवासको व्यबस्था गरेपनि त्यहां आश्रित शरणार्थीहरुको जिवनस्तर निकै दयनिय अवस्थाका कारण उनीहरुलाई हालका लागि खाद्यान्न सामाग्रीहरु वितरण गरिएको अमेरिकी निवासी समाजसेवीद्वय कमल सुब्वा र कमल पोखरेलले बताए । उक्त राहत सामाग्री वितरण कार्यक्रममा उपस्थिती व्यक्त...
फुरलिमा फाउण्डेसन रक्तदान कार्यक्रम
समाचार, समाज

फुरलिमा फाउण्डेसन रक्तदान कार्यक्रम

काठमाडौं । फुर्लिमा फाउन्डेसनको दोस्रो बार्षिक उत्सवको अवसरम आयोजित फुरलिमा फाउण्डेसन रक्तदान कार्यक्रम  बृहत रुपमा सम्पन्न भएको छ। त्रि-पद्म रोभर/रेन्जर क्र्युको सहकार्यमा पुल्चोक स्थित त्रि- पद्म बिद्याश्रम मा.बि.को प्राङ्गणमा संचालित रक्तदान कार्यक्रम १०९ जना रक्तदाताले रक्तदान गरेका थिए  । निकै नै भब्य सब्य रुपमा कार्यक्रम सम्पन्न भएको कुरा मा.बि.का प्रधानाध्यापक हरि प्रसाद खनाल बताउनुहुन्छ । सामाजिक उत्तरदायित्व अन्तर्गत संचालित उक्त कार्यक्रममा फाउन्डेसनका पदाधिकारी,ग्रेस इभेन्ट्सका पदाधिकारी ,त्रि-पद्म मा.बि. का शिक्षक तथा कर्मचारी ,नेपाल स्काउट्स का सदस्यहरु,रोभर/रेन्जर तथा स्थानीय युवाहरुको बिशेश उपस्तिथि साथै सहभागीता रहेको थियो। रक्तदान गर्नुहुने सम्पुर्ण दयालु एवं मनकारी रक्तदाताहरुलाइ हृदय देखि बिशेष धन्यवाद दिदै उक्त कार्यक्रममा सहयोग गर्नुहुने सहयोगी हातहरुलाइ मन न...
समाजसेवी कमल ढकालको पहलमा मिर्गौला रोगबाट पीडित दुलाललाई सहयोग
समाचार, समाज

समाजसेवी कमल ढकालको पहलमा मिर्गौला रोगबाट पीडित दुलाललाई सहयोग

दुवै मिर्गौला फेल भएर उपचाररत काठमाडौं टोखा नगरपालिका वडा नं. १ का नवराज दुलाललाई आर्थिक सहयोग प्राप्त भएको छ । काठमाडौं टोखा १० स्थित श्रृजना टोल विकास समितिले दुलाललाई आर्थिक सहयोग गरेको हो । दुलाललाई सहयोग गर्न समाजसेवी एवम् संस्थाका उपाध्यक्ष कमल ढकालको महत्वपूर्ण भूमिका रहेको छ । दुलालको कमजोर अवस्था बारे झोर महाँकालका समाजसेवी दीपेन्द्र तिवारीले ढकालसमक्ष पुर्याएका थिए । दुवै मिर्गौला फेल भएर लामो समयदेखि उपचार गराइरहेका दुलाल हप्तामा दुई पटक डाइलासिस गर्दै आएका छन् । उनलाई अस्पताल जानसमेत समस्या भएको, घरमा श्रीमती पनि बिरामी भइरहने र साना दुई बच्चालाई पढाउनसमेत धौ–धौ भएको भन्दै टोल विकास समितिले सहयोग गरेको हो । सहयोग बुझ्दै दुलालले टोल विकास समितिलाई धन्यवाद व्यक्त गरे ।...
किवानिज इन्टरनेस्नल वोर्ड ट्रस्टिज पदमा नेपालका मोहन लम्साल विजय
समाचार, समाज

किवानिज इन्टरनेस्नल वोर्ड ट्रस्टिज पदमा नेपालका मोहन लम्साल विजय

बिगत लामो समय देखि पर्यटन क्षेत्रलाई आफ्नो ब्यवसाय बनाउनु  भएको मोहन लम्सालले नेपाललाई विश्व सामु परिचित गराउदै लानु भएको छ । यसै क्रममा भरखरै अमेरिकाको मेनियपोलिसमा सम्पन्न भएको इन्टरनेस्नल कन्भेन्सनमा नेपालको झन्डा फहराउदै किवानिज इन्टरनेस्नल वोर्ड ट्रस्टिज २०२३-२०२६  जस्तो गरिमामय पदमा विजय भइ नेपाललाई विश्व सामु चिनाउन सफल हुनु भएको छ । यस प्रसंसनिय काम अनि गरिमामय पद संगै महत्वपूर्ण जिमेवारी पाउनु भएकोमा हामी किवानिज नेपाल डिस्ट्रिक अन्तर्गतको क्लबहरुको तर्फबाट सफल कार्येकालको हार्दिक शुभकामना व्यक्त गर्दछौं। शुभकामना प्रार्थी क्लबहरु: किवानिज क्लब लालीगुराँस, किवानिज क्लब रुकुम खारा , किवानिज क्लब एभरेष्ट, किवानिज क्लब सिन्धुपाल्चोक, किवानिज क्लब गछिया । बालबालिकाको क्षेत्रमा बिगत लामो समय देखि अन्तर्राष्ट्रिय रुपमा काम गर्दै आइरहेको किवानिज इन्टरनेस्नल नेपालमा पनि २०१५ मा स्था...
अमेरिका निवासी समाजसेवी सुवेदीद्वारा पर्सा र झापाका विद्यालयमा शैक्षिक सामाग्री वितरण
समाचार, समाज

अमेरिका निवासी समाजसेवी सुवेदीद्वारा पर्सा र झापाका विद्यालयमा शैक्षिक सामाग्री वितरण

समाजसेवी मेघ सुवेदी र मनु सुवेदीद्वारा अमेरिकामा संचालित सामाजिक संस्था सेजल एण्ड सिस्टर एलएलसीले झापा जिल्लामा न्यून आय भएका एक हजार भन्दा वढि र पर्सा जिल्लाका ग्रामिण भेगका दलित र न्यून आय भएका ४०० भन्दा वढि विद्यार्थीहरुलाई नायक संजित भण्डारीको संयोजकत्वमा विद्यालय पोशाक तथा शैक्षिक सामाग्री वितरण गरिएको छ । तराईका विभिन्न जिल्लाका विद्यालयमा पोशाक वितरण गरिएको उक्त कार्यक्रममा सखुवा प्रसौतीका मेयर यसवन्त यादव तथा सहयोगी संस्थाका प्रतिनिधिको रुपमा नायक संजित भण्डारी सहित स्वेता केसी,डिआर सिग्देल, सपना श्रेष्ठ, रक्षा घिमिरे,शंकर कार्की, अवी सुवेदी लगायतको उपस्थिती रहेको थियो । दलित वाल वालिकाहरुको आर्थिक अवस्था कमजोर भएका कारण विद्यालय छोड्न वाध्य हुने गरेकाले यस्तो अवस्थामा त्यस्ता वाल वालवालिकालाई शिक्षामा प्रोत्साहन गर्ने उद्देश्यले पोशाक वितरण गरिएको सहयोगी संस्थाका प्रतिनिधि तथा ...
‘राष्ट्रिय अनलाइन पत्रकार संघ’को नवौ वार्षिकोत्सव सम्पन्न
समाचार, समाज

‘राष्ट्रिय अनलाइन पत्रकार संघ’को नवौ वार्षिकोत्सव सम्पन्न

अनलाइन न्युजहरुको छाता संगठन ‘राष्ट्रिय अनलाइन पत्रकार संघ’ (नोजा)को नवौ  बार्षिर्केउत्सव समारोह भव्यताको साथ सम्पन्न भएको छ। संघिय सांसद सन्तोष चालिसेको प्रमुख आत्थ्यितमा भएको उक्त कार्यक्रममा लिभर क्यान्सर सम्बन्धि स्वास्थ्य सचेतना सहित अल्काइन पानि र अन्य पानि बीच छलफल तथा अन्तरक्रिया समेत आयोजना गरिएको थियो । अन्तरक्रिया कार्यक्रममा बोल्दै सांसद सन्तोष चालिसेले अनलाइन मिडिया समाज परिवर्तन र आर्थिक विकासका लागि सूचना सम्वाहकको रुपमा सञ्चालन गरिनुपर्नेमा जोड दिए । अनलाइन मिडिया सञ्चालन निर्देशिका सरकारले ल्याइसकेको र यसलाई थप मर्यादित एवं व्यवस्थितका लागि सञ्चार मन्त्रालयले प्रेस काउन्सिल नेपाल, सूचना बिभाग, पत्रकार महासंघ, राष्ट्रिय अनलाइन पत्रकार संघ लगायतका सरोकारवाला संघ संस्था र विज्ञहरुसँग छलफल गर्दै छिट्टै कार्यान्वयनमा ल्याउने पर्नेमा जोड दिनुभयो ।सस्तो लोकप्रियता र राजनीतिक ...
फोटोपत्रकार प्रदीपराज वन्तलाई बाबुछिरी फोटो पत्रकारिता पुरस्कार
समाचार, समाज

फोटोपत्रकार प्रदीपराज वन्तलाई बाबुछिरी फोटो पत्रकारिता पुरस्कार

१८ चैत्र, काठमाडौँ । फोटो पत्रकार प्रदीपराज वन्त बाबुछिरी फोटो पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । शुक्रबार दिउँसो रिपोर्टसर्् क्लब नेपालको २५ औँ वार्षिकोत्सवको सन्दर्भमा फोटो पत्रकार वन्त सम्मानित भएका हुन् । सगरमाथा आरोही स्व.बाबुछीरी सेर्पाको सम्झनाममा क्लवले स्थापना गरेको उक्त पुरस्कार वन्तलाई प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले उक्त पुरस्कार प्रदान गरेका हुुन् । पुरस्कारको राशी रू. २५ हजार रहेको छ । उक्त कार्यक्रममा विभिन्न समाचार गृहमा काम गर्ने उत्कृष्ट पत्रकारहरुलाई सम्मान गरीएको थियो । वन्त डेढ दशकदेखि नेपाली फोटो पत्रकारिता क्षेत्रमा क्रियाशील रहँदै आएका छन् । जनदिशा दैनिकबाट २०६४ सालमा फोटोपत्रकारिता गरेका उनी मोडलिङ फोटो पत्रकारितामा साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा कार्यक्रम व्यवस्थापनमा समेत दख्खल राख्छन् । देशभरका फोटोपत्रकारहरुको साझा सस्था राष्ट्रि...