सूरक्षा Archives - Intra Khabar
मङ्लबार, मंसिर १९, २०८०

सूरक्षा

ईमान्दार र क्षमतावान प्रहरीनै अन्यायमा !
समाचार, सूरक्षा

ईमान्दार र क्षमतावान प्रहरीनै अन्यायमा !

आफ्नो ब्याचकाे नम्बर एक प्रहरी अधिकारीको छवि बनाएका सन्दीप भण्डारी एसएसपीबाट डीआईजी बढुवामा पनि पहिलो नै बन्ने धेरैको सहज अनुमान थियो । नहोस् पनि कसरी, इन्सपेक्टरका रुपमा सेवा प्रवेशदेखि एसएसपीसम्म उनी पहिलो नम्बरमा नै बढुवा हुँदै आइरहेका थिए ।तर, असार ०८ गते गृहमन्त्रालेले १७ एसएसपीलाई डीआई रुपमा हेरिएका भण्डारी आश्चर्यजनक रुपमा पछि पर्दा प्रहरी संगठनभित्रकै वरिष्ठ अधिकारीहरु आश्चर्यमा परेका छन् । सरकारले अहिले गरेको डीआईजी बढुवामा इन्स्पेक्टरदेखि एसएसपीसम्म पहिलो नम्बजीमा बढ्वा गर्दा पहिलो नम्बरका एसएसपी भण्डारी साँतौँ नम्बरमा परे । भावी प्रहरी प्रमुख महानिरीक्षक (आईजीपी)कारमा रहेका भण्डारीलाई सातौँ नम्बरमा पार्नुले भण्डारीमाथि अन्याय भएको उनीहरुको दाबी छ । भण्डारीलाई बढुवामा पछाडि पारे पनि कुशलता, सक्षमता, इमान्दारिता र नेतृत्व क्षमताका कारण अझैँ पनि प्रहरी संगठन हाँक्ने बलियो प्र...
भारतीय फोटोग्राफर ७ महिनादेखि झापाको जेलमा, एनएफपिजेले छुटाउन पहल गर्ने
प्रदेश नं. १, समाचार, समाज, सूरक्षा

भारतीय फोटोग्राफर ७ महिनादेखि झापाको जेलमा, एनएफपिजेले छुटाउन पहल गर्ने

काठमाडौं । झापाको जेलमा रहेका भारतीय फोटोग्राफर रिहाईका लागि राष्ट्रिय फोटो पत्रकार समुहले पहल गर्ने भएको छ । सञ्चार माध्यम र सामाजिक सञ्जालमा बिगत ७ महिनादेखि एक २४ वर्षीय युवक दुर्लभ रोय चौधरी पुर्पक्षका लागि थुनामा रहको समाचार बाहिरीएपछि फोटो पत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्तले उनको रिहाईका लागि पहल गर्ने बताएका हुन् । ‘मैले उनलाई झापाको जेलमै गएर भेटेर आएँ । अरु अध्ययन गर्दा उनी व्यवसायीक फोटोग्राफर तथा फोटोपत्रकार भएको पाइएकाले पहल गर्ने भएका हौं अध्यक्ष वन्तले भने । प्रहरीले उनलाई नक्कली अमेरिकी डलर बोकेर नेपाल आएको अभियोगमा उनीमाथि मुद्रासम्बन्धी कसुरमा जिल्ला अदालतमा मुद्दा दर्ता भएपछि उनी थुनामा पुगेका हुन् । मुद्दाको पुर्पक्ष गर्नका लागि आवश्यक प्रक्रियासमेत पूरा नहुँदा (अङ्ग नपुग्दा) उनको मुद्दा सुनुवाइको प्रक्रियामा समेत पुगेको छैन । भारतको कोलकाता नजिकैको हावरा स्थायी ठ...
बाँकी राखेको कोरोना बिमाको दाबी भुक्तानी गर्न सुझाव
आर्थिक, समाचार, सूरक्षा

बाँकी राखेको कोरोना बिमाको दाबी भुक्तानी गर्न सुझाव

लेखा व्यवसायीहरुको संस्था नेपाल चार्टर्ड एकाउन्टेन्टस् संघले विभिन्न बीमा कम्पनीले बाँकी राखेको कोरोना बिमाको ११ अर्ब दाबी भुक्तानीका लागि कोरोना बोन्ड जारी गर्न सुझाएको छ। संघले आगामी आर्थिक वर्षको बजेटका लागि सुझाव दिने क्रममा कोरोना बिमाको दायित्व तत्काल भुक्तानी गर्न सरकार आफैले वा बिमा कम्पनीहरूलाई स्वीकृति दिएर सय करोड बराबरको १० वर्षे ४ प्रतिशत कोरोना बोन्ड जारी गर्नु उपयुक्त हुने जनाएको छ। उक्त बोन्ड वाणिज्य बैंकहरूले किन्ने र त्यो लगानीलाई बैंकहरुले कायम गर्नुपर्ने वैधानिक तरलता अनुपात (एसएलआर) मा समावेश गर्न सक्ने नीति ल्याए ४० करोडको बीमा भुक्तानी दायित्व तत्काल पूरा हुने संघको भनाइ छ।...
सशस्त्रको आइजिपीमा राजु अर्याल
राजनीति, समाचार, सूरक्षा

सशस्त्रको आइजिपीमा राजु अर्याल

नेपाल सरकारले सशस्त्र प्रहरी बलको महानिरीक्षक (आइजिपी)मा राजु अर्याललाई नियुक्त गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई नियुक्त गरेको बालुवाटार स्रोतले जानकारी दिए। गृह मन्त्रालयले सशस्त्र प्रहरी सेवामा रिक्त रहेको एआइजीको पदमा राजु अर्यालको नाम सिफारिस गरेको थियो। गत मंगलबारको मन्त्रिपरिषद् बैठकले उनलाई एआइजीमा बढुवा गरेसँगै उनी सशस्त्र प्रहरीमा आइजिपीका एक्ला दाबेदार भएका थिए। गत चैत ३० गते पुष्पराम केसी आइजिपी भएका थिए। तीस वर्षे अवधिका कारण उनले २१ दिनमा अर्थात भोलिबाट अनिवार्य अवकाश पाउँदैछन्। सशस्त्र प्रहरी नियमावलीअनुसार सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकलाई महानिरीक्षकमा बढुवा गर्नसक्ने प्रावधान छ। अर्याल २०५४ नेपाल प्रहरीका प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका हुन्। सशस्त्र मुख्यालयकै मानव स्रोत विभागमा कार्यरत् अर्यालसँग प्रदेश-२ बाहिनी र उपत्यका बाहिनीको कम...
आईजीपी नियुक्तिको निर्णयविरुद्ध पोखरेल र थापा सर्वोच्च जाने
समाचार, सूरक्षा

आईजीपी नियुक्तिको निर्णयविरुद्ध पोखरेल र थापा सर्वोच्च जाने

काठमाडौँ– सरकारले आफूहरु भन्दा जुनियरलाई प्रहरी प्रमुखमा नियुक्त गरेपछि दुई सिनियर एआईजी अदालत जाने भएका छन् । १६ महिना जुनियर एआईजी धीरजप्रताप सिंहलाई नेपाल प्रहरीको आईजीपी नियुक्त गरेपछि सिनियर एआईजीहरु विश्वराज पोखरेल र सहकुल थापाले सर्वोच्च अदालत जाने तयारी गरेका हुन् । एकै ब्याच भए पनि आफूभन्दा जुनयरलाई आईजीपी बनाइएपछि एआईजीद्वय पोखरेल र थापा असन्तुष्ट बनेका हुन् । पोखरेल सिंहभन्दा १६ महिनाअघि र थापा ११ महिनाअघि एआईजी बनेका थिए । जुनियरलाई आईजीपी बनाइएको भन्दै कानुनी लडाइँ लड्ने उनीहरूले बताएका छन् । “सरकारले न्याय गरेन । सर्वोच्च अदालतबाट न्यायको विश्वास गरेका छौँ । अदालत खुलेको दिन रिट दायर गर्छौं।” एक एआईजीले भने । सिंह गत महिना मात्र एआईजीमा बढुवा भएका थिए । पोखरेल २०७७ मंसिरमा र थापा २०७८ असारमा एआईजी भएका थिए ।...
निर्वाचनबारे सुरक्षा निकायका प्रमुखबीच छलफल
समाचार, सूरक्षा

निर्वाचनबारे सुरक्षा निकायका प्रमुखबीच छलफल

स्थानीय तह निर्वाचन-२०७९ सफलतापूर्वक सम्पन्न गर्ने सम्बन्धमा सुरक्षा निकायका प्रमुख तथा अन्य अधिकारीहरुबीच आज छलफल भएको छ। नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा भएको छलफलमा प्रधानसेनापति प्रभुराम शर्मा, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसी तथा राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक यदुलाल खरेलको सहभागिता थियो। नेपाली सेनाका बलाधिकृत रथी, बलाध्यक्ष रथीलगायत अन्य सुरक्षा निकायका पदाधिकारीको सहभागिता रहेको उक्त बैठकमा सेनाको युद्धकार्य निर्देशनालयबाट निर्वाचनका लागि नेपाली सेनाले हालसम्म गरेका कार्य प्रगति तथा अन्य सुरक्षा निकायसँग समन्वय गर्नुपर्ने विषयमा प्रस्तुतीकरण गरिएको नेपाली सेनाले जनाएको छ। बैठकमा स्थानीय तह निर्वाचन–२०७९ स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवं भयरहित वातावरणमा सम्पन्न गर्न नेपाल सरकारबाट सुरक्षा निकायलाई प्रा...
महिला सैनिकले आफैंलाई गोली हानेर गरिन आत्महत्या
समाचार, समाज, सूरक्षा

महिला सैनिकले आफैंलाई गोली हानेर गरिन आत्महत्या

काठमाडौं। शमशेर दल गणका एक महिला सिपाहीले गणभित्रै आफैले बोकेको राइफलले गोली हानेर आत्महत्या गरेकी छिन्। बुधबार साँझ नेपाली सेनाको कपिलवस्तुस्थित शमशेरदल गणमा कार्यरत सिपाही कोपिला राजवंशी आफैंले बोकेको गोली लागेर घाइते भएकी थिइन्। उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा बिहान ३ बजेको समयमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिएका छन्। बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार हुन नसकेपछि भैहवास्थित मेडिकल कलेज लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको थियो। प्रहरीका अनुसार उनलाई उपचारका लागि राति नै काठमाडौं लैजाने तयारी गरिए पनि हेलिकप्टर नआइदिएपछि भैरहवामै उपचार गरिएको थियो। प्रहरीको प्रारम्भिक अनुसन्धानमा सिपाही राजवंशीले ड्यूटीमा रहेका बेला आफैँले बोकेक...