स्वास्थ्य Archives - Intra Khabar
मङ्लबार, मंसिर १९, २०८०

स्वास्थ्य

आयुर्वेद स्वास्थ्यकर्मीहरूलाई योगाभ्यास सम्बन्धि तालिम
समाचार, स्वास्थ्य

आयुर्वेद स्वास्थ्यकर्मीहरूलाई योगाभ्यास सम्बन्धि तालिम

काठमाडौँ । स्वास्थ्य प्रवर्द्धन तथा रोग उपचारका लागि आयुर्वेद स्वास्थ्यकर्मीहरूलाई योगाभ्यास सम्बन्धि तालिम दिइएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले १८ जना आयुर्वेद स्वास्थ्यकर्मीहरूलाई योगाभ्यास तालिम दिएको हो । योगाभ्यासको महत्व र फाइदाको बारेमा जानकारी दिने, कर्मचारीहरूलाई स्वस्थ रहन योग अभ्यास सम्बन्धि ज्ञान र सिप अभिवृद्धि गरी स्वास्थ्य संस्था मार्फत नियमित योगाभ्यास सञ्‍चालन गर्ने तथा विभिन्न रोगका उपचारका लागि ‘रोगानुसार योग’को ज्ञान र सिप अभिवृद्धि गर्ने उद्देश्यका साता तालिम दिइएको हो । काठमाडौँ जिल्लास्थित ११ स्थानीय तह मध्ये १० वटा स्थानीय तहमा आयुर्वेदका संस्थाहरु रहेका छन् । उक्त १० वटा पालिकाका रहेको नागरिक आरोग्य सेवा केन्द्र र आयुर्वेद औषधालयमा कार्यरत आयुर्वेद स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य प्रवर्द्धन तथा रोग उपचारका लागि योगाभ्यास तालिम अन्तर्गत स्वास्थ्य प्रव...
नेपालमा थप २० जनामा कोरोना पुष्टि, २७ संक्रमित निको भए
समाचार, स्वास्थ्य

नेपालमा थप २० जनामा कोरोना पुष्टि, २७ संक्रमित निको भए

नेपालमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार ५०८ पीसीआर परीक्षणका क्रममा १८ जना र ७ सय १४ एन्टिजेन परीक्षणका क्रममा २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोनाका कारण विहीबार पनि कसैको मृत्यु भएको छैन । त्यस्तै थप २७ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ६ सय ५६ जना निको भएका छन् । हाल नेपालमा २ सय २१ सक्रिय संक्रमित आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा मुलुकभर २९ हजार ५७४ जनाले कोरोनाविरुद्धको खोप लगाएका मन्त्रालयले जानकारी गराएको छ ।...
एन्टिबायोटिकको गलत प्रयोगले ठूलो समस्या
समाचार, स्वास्थ्य

एन्टिबायोटिकको गलत प्रयोगले ठूलो समस्या

एन्टिबायोटिकको सही प्रयोग नगर्दा नेपाललगायत विश्वव्यापी रूपमै एन्टिमाइक्रोबियल प्रतिरोधले ठूलो समस्या निम्त्याएको अनुसन्धानले देखाएको छ। धुलिखेल अस्पतालले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) सँगको सहकार्यमा धुलिखेल नगरपालिकाभित्रका ग्रामीण भेग र सहरी भेगको प्रतिनिधित्व गर्ने गरी२ वटा वडालाई समेटी ७ महिना लगाएर मानिस र पशुपक्षीमा गरेको अनुसन्धानमा यस्तो समस्या देखिएको हो।एन्टिबायोटिकको प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा अत्यधिक प्रयोगका कारण मानिसको शरीरमा ३ प्रकारका एन्टिबायोटिकले कामै नगर्ने अवस्था सिर्जना भएको बिहीबार सार्वजनिक   गरिएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ। धुलिखेल अस्पतालका प्राडा सोनी शाक्यको नेतृत्वमा भएको अध्ययनमा धुलिखेल नगरपालिकाका वडा नं २ र वडा नं ६ का ४ सय ५४ जना १८ वर्षमाथिका स्वस्थ मानिस र १ सय ७० वटा स्वस्थ कुखुरा समावेश गरिएको थियो।  -नेपाल समाचार पत्र...
कोरोनाका कारण बेइजिङका विद्यालयहरू फेरि बन्द
विश्व, समाचार, स्वास्थ्य

कोरोनाका कारण बेइजिङका विद्यालयहरू फेरि बन्द

कोरोना भाइरसको सङ्क्रमण फेरि तीब्र रुपमा फैलिन थालेपछि चीनको बेइजिङका विद्यालयहरू बन्द गरिएको छ । महामारी अत्यधिक फैलिन थालेपछि हतार हतार गरेर साविक बमोजिमको बिदा सुरु हुनु एक दिन अगाडि नै बिदा दिइएको हो । सरकारले बाल शिशु कक्षादेखि माध्यामिक तहसम्मका सबै विद्यालयमा पठन पाठन रोक्ने निर्णय गरेको अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् । “विद्यार्थीहरूको बिदा शुक्रबार देखि नै लागू हुन्छ, नियमित बिदा भन्दा एक दिन अगाडि नै बिदा सुरु गरिएको हो,” सरकारी एक अधिकारीले भने । महामारी थप फैलिने देखेपछि केही विद्यालयहरूले भने यसअघि नै अनलाइन माध्यमबाट पठन पाठन सुरु गरेका थिए । विद्यालय आउनका लागि विद्यार्थी तथा शिक्षकहरूले पछिल्लो ४८ घण्टा भित्र कोरोना परीक्षण गरेको रिपोर्ट देखाउनु पर्ने र त्यसमा नेगेटिभ रिपोर्ट हुनुपर्ने सर्त राखिएको छ । विद्यालय अव पुनः कहिले सुचारु गर्ने भन्ने बारे...
रुपैडिया क्षेत्रमा उच्च सतर्कता
लुम्बिनी प्रदेश, समाचार, स्वास्थ्य

रुपैडिया क्षेत्रमा उच्च सतर्कता

भारतमा कोभिड संक्रमण बढ्न थालेपछि बाँकेको रुपैडिया सीमा क्षेत्रमा उच्च सतर्कता अपनाउन थालिएको छ। हेल्थ डेस्क स्थापना गरी दिनहुँ १५० देखि २०० जनासम्मको एन्टिजेन परीक्षण गरिएको हेल्थ डेस्कका प्रयोगशाला अधिकृत चिरन ज्ञवालीले जानकारी दिए। गत चैत महिनामा छ हजार ४०० को एन्टिजेन परीक्षणमा चार पोजेटिभ देखिएका थिए तर अहिलेसम्म पोजेटिभ नदेखिएको उनले जानकारी दिए। सीमा क्षेत्रमा खास गरेर खोप कार्डलाई अनिवार्य गरिएको छ। ‘दोस्रो डोज लगाएको प्रमाणित खोप कार्ड छैन भने पुनः एन्टिजेन परीक्षण गर्ने गरेका छौं’, उनले भने। खोपका कारणले पनि विगतमा जस्तो भयावह अवस्था नभएको उल्लेख गर्दै उनले स्वास्थ्य जाँच नगराई सीमा क्षेत्रबाट नेपाल आउन नदिएको जानकारी दिए। सो सीमा क्षेत्रबाट चार हजार ८०० खोप कार्ड भएका नागरिक नेपाल आवतजावत गरेका छन्।...
डब्लुएचओका महानिर्देशक काठमाडौंमा
समाचार, स्वास्थ्य

डब्लुएचओका महानिर्देशक काठमाडौंमा

डब्लुएचओका महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयसस तीन दिने नेपाल भ्रमणको सिलसिलामा बिहीबार काठमाडौं आइपुगेका छन् । उनी भारत हुँदै नेपाल आएका हुन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणमा उनी नेपाल आएका हुन् । डब्लुएचओका महानिर्देशक गेब्रेयससको नेपाल भ्रमण टोलीमा डब्लुएचओको दक्षिण पूर्व एसिया क्षेत्रीय कार्यालयका निर्देशक डा पूनम क्षेत्रपाल सिंह र डब्लुएचओका अन्य पदाधिकारीहरु रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाल भ्रमणमा रहँदा महानिर्देशक गेब्रेयससले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनासँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम रहेको छ । उनले परराष्ट्रमन्त्री डा नारायण खड्का र स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडासँग पनि भेट गर्नेछन् । ...